logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    परासीमा छाडा चौपाया आतङ्क, रामग्राम बेखबर


    ३२ जेष्ठ २०८० , बिहिबार

    परासीमा छाडा चौपाया आतङ्क, रामग्राम बेखबर

    ज्ञानेश्वर सहानी
    नवलपरासी, ३२ जेठ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको प्रमुख व्यापारिक शहर परासीको सडकमा छाडा चौपाया नियन्त्रण गर्न रामग्राम नगरपालिकाले बेवास्ता गर्दा समस्या विकराल बन्दै गएको छ ।
    स्थानीय सरकारले छाडा पशु चौपायाको व्यवस्थापन गर्न ठोस कदम चाल्न सकेको छैन । नगरपालिका सरसफाई अभियानमा नगरप्रमुखले अग्रसरता लिदा चौतर्फी प्रशँसा भए पनि बजारमा रहेका छाडा चौपायाले अझै समस्या नै रहेको छ ।
    नगर सफाईको काममा नगरपालिकाले काम गर्दै गरेको भए पनि छाडा चौपायाको व्यवथापन नगर्दा अरुलाई समस्या हुने र छाडा पशु चौपायाका कारण सडकमा दुर्घटनाको जोखिम बढ्दै गरेको जनताले गुनासो बढन थालेका हो ।
    कानुनले सडकमा छाडा पशु र चौपाया व्यवस्थित गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । तर, घना शहरमा छाडा पशु चौपाया व्यवस्थित गर्न स्थानीय सरकार उदासीन देखिएको छ । त्यसो त सवारीले पशु चौपायालाई सडकमै मार्ने र महिनौ सम्म सडक दुर्गन्धित हुने घटना नयाँ होइन ।
    सम्बन्धित निकायको उदासिनताले बजार क्षेत्रमा पछिल्लोपटक बढेको छाडा चौपायाले सवारी अवागमनमा समेत समस्या पैदा गरेको सर्वसाधारणको गुनासो छ । सडकमा जथाभावी छाडिएका छाडा चौपायाले ट्राफिक अगमनमा समस्या हुन थालेको छ ।
    अहिले परासीका विभिन्न चोक तथा सडकका गल्लीमा छाडा चौपायाको हुल नै देखिन्छ । परासी बजारमा जहिले पनि छाडा चौपाया, गाईबस्तु र बाख्रा घुम्ने गरेका छन । यसले कतिपय यात्रीहरु लडेर घाईते पनि भएका छन । नगरपािलकाले बजारको सरसफाईसँगै छाडा चौपायामा समेत ध्यान पुर्याउनु पर्ने माग नगरबासीले गरेका छन ।
    सडकको विचमै बसिदिने र केहीले यात्रुलाई मार्न समेत झम्टिने गर्दा दुर्घटनाको जोखिम बढेको स्थानिय बलिराम कोईरीले बताए । बजार सफाई अभियान प्रशंसानिय छ, उनले भने, तर यी छाडा चौपायाको पनि नगरपालिकाले ब्यवस्थापन गरिदिन पर्याे ।
    यस बारे छुट्टै निवेदन दिनु पर्ने जस्तो मलाई लाग्दैन उनले थपे, यहि बजारमा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी समेत आउने जाने गर्छन । हेर्ने पनि गरेका छन ।
    यसको व्यवस्थापनका लागि काम गरिदिनु पर्याे । नगरपालिकाको चौपाया व्यवस्थापनका लागि कहाँ र कसरी व्यवस्थापन गर्ने ?
    विगत बर्षमा पनि सारदा गौशालाको नामले नगरपालिकाकाकै वार्ड नम्बर ८ का वार्ड अध्यक्ष महेन्द्र ठाकुरले आफ्नै वार्डमा सञ्चालन गर्न लगाएका थिए । तर नगरपालिकासँग समन्वय हुन नसके पछि उनले पछि गौशाला सञ्चालनबाट हात झिकेका थिए । त्यही बेला देखी बजारमा छाडा चौपाया ब्यवस्थित हुन सकेका छैनन । ति गौशाला पुनः सञ्चालन गर्ने हो ? कि अन्य कुनै विकल्प पनि सोच्नु पर्ने स्थानियको भनाई छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.