logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    हरिजन परिवारको सपनाको घर ः लेडी युथको भर


    ३२ जेष्ठ २०८० , बिहिबार

    हरिजन परिवारको सपनाको घर ः लेडी युथको भर

    एलिना आचार्य
    भैरहवा, ३२ जेठ । मानिसलाई सहज रुपमा जीवन बिताउन गाँस, बास र कपासको आवश्यक्ता पर्ने गर्छ । तर, अहिलेको अवस्थामा आइपुग्दा मानिस विभिन्न कारणले गर्दा बन्चित हुदँै आएका छन् ।


    गाँस, कपास मानिसले जसो तसो व्यवस्थापन गर्छ तर बास बनाउन कतिपय मानिसको आधा उमेर नै बितिसकेको हुन्छ ।
    प्राय सबेै मानिसको सपना आफ्नै घर बनाउन बनाएर बस्ने हुन्छ, । त्यस्तै सपना बोकेका रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा नम्बर २ खोखरानीमा बसोबास गर्ने नरेश हरिजन परिवारको पनि सपना थियो । रोहिणी गाउँपालिकाको वडा नम्बर २ मा करीब २५ वर्ष छाप्रोमा बस्दै आएका हरिजन परिवारले घर बनाउने सपना बोकेको लामो समय भएको थियो ।


    घर त छ, तर नामको मात्र, छानो त छ, न त वर्खा याममा पानी छेक्छ, न त टन्टलापुर घाम लागेको बेला गर्मी नै । यसरी लामो समय देखि दुःख काट्दै आएका यी परिवारको सपना एउटा समूहले पुरा गर्न अग्रसरता लिएको छ त्यो हो, लायन्स लेडि युथ ।
    लायन्स क्लब अफ लेडि युथ सिद्धार्थनगरले रोहिणी गाउँपालिका वडा नं २ मा रहेको नरेश हरीजनको परिवारलाई भवन निर्माण अर्थात आर्थिक सहयोग र कच्चा सामग्री उपलब्ध गराई २ कोठे भवन निर्माण गर्न पहल गरेको छ । क्लबका २८ पदाधिकारीहरुको सहकार्य र समन्वयमा उक्त कामको थालनी गरीएको हो ।


    नरेश हरीजनका अनुसार, घर बनाउने सपना वर्षौ देखि रहदै आएको थियो । सिद्धार्थनगर लेडि युथको सहकार्यका कारण सपना पुरा भएको बताए । उनले भने, हामीले साचेका पनि थिएनौ यती सानो समयमा हामी पक्का घर बनाउन सार्मथ हुन्छौँ ।
    सहयोग कार्यक्रममा प्रमुख अतिथि रोहिणी गाउँपालिकाका प्रमुख विद्या यादवले देशकको आर्थिक अवस्था र पछिल्लो समय बजेटमा भएको कटौतिका कारणले गर्दा कतिपय अवस्थामा सहयोग गर्न असक्षम हुनु परेको बताउँदै आगामी दिनमा विकास र सहयोगको काममा पालिकाको सहकार्य र समन्वय हुने प्रतिवद्धता व्यक्त गरे । सहयोग हस्तान्तरण कार्यक्रममा अध्यक्ष निपा क्षेत्रीले पालिकामा भएको अन्य समस्या समाधानको विषयमा सहयोग र साथ दिने बताए ।


    उक्त भवन हरिजन परिवारको जग्गामा निर्माणधीन अवस्थामा रहेको छ । भवन निर्माणर्थ आर्थिक सहयोग ६० हजार र कच्चा पदार्थ र लागत सामाग्रीको उपलब्धतामा विशेष जोड दिइएको छ । लायन्स क्लबका विभिन्न पदाधिकारीको उपस्थितीमा सहयोग कार्यक्रम गरिएको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.