पशुपति यादव
रोहिणी, ३२ जेठ । रुपन्देहीको रोहिणी गाउँपालिकाले शैक्षिक सुधारको लागि विद्यालय विद्यालयमा छलफल तथा अन्तरक्रिया सुरु गरेको छ ।
रोहिणी शिक्षा शाखा शिक्षा समिति पालिकाको समन्वयमा शिक्षामा लागेको लगानीलाई प्रतिफलमुखी होस भन्ने उद्देश्यका साथ छलफल तथा अन्तरक्रिया गरेको सुचना शाखाले जनाएको छ ।
शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघको संयुक्त उपस्थितिमा शैक्षिक गुणस्तर खस्कदोको कारण र शैक्षिक सुधारको निवारणमा छलफलको क्रममा सबैले जोड दिएका थिए ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले कार्यक्रममा शैक्षिक सुधारको लागि सबै वडामा विद्यालय स्तरीय शैक्षिक सुधारको लागि अन्तरक्रिया बाहस छलफलको कार्यक्रम सुरुवात भएको बताए ।
शिक्षामा लागेको लगानी फलदायीमुखी बनाउनमा विद्यालयसंग सम्वन्धित सबै सरोकारवालाको दायित्व भएकोले शैक्षिक सुधारमा आ–आफनो ठाउँवाट भुमिका निर्वाह गर्न यादवले अग्रह गरेका थिए ।
भुतमा के भयो, भविष्यमा के हुन्छ त्यतातिर नगई वर्तमान अवस्थामा शिक्षाको गुणस्तर लगानी अनुसारको फलदायीको लागि सबै सरोकारवालाको साझा प्रयासको अपेक्षा राख्दै सहयोगको लागि अध्यक्ष यादवले अग्रह गरेका थिए ।
शैक्षिक सुधार अन्तरक्रियाको अवसरमा गुनासाहरु सुन्ने शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शैक्षिक सुधारमा सबैले जोड दिनुपर्ने शिक्षा शाखाका संयोजक मधु घिमिरेले सुझाएका थिए । शैक्षिक सुधारको लागि रोहिणी अन्तर्गतका प्रत्येक वडा अन्तर्गतका विद्यालय स्तरीय शैक्षिक सुधारका लागि अन्तरक्रिया छलफल सुरु गरेको घिमिरेले जानकारी दिए ।
शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी एवम् अभिभावक विद्यार्थी समेतले आ–आफनो भुमिका खेलेमा मात्र युग अनुसारको शिक्षा क्षेत्रमा सुधार हुने घिमिरेको भनाई रहेको थियो ।
रोहिणी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष एवम् प्रबक्ता विर बहादुर क्षेत्रीको संयोजनमा शैक्षिक सुधार अन्तरक्रिया वडा नम्बर ३ वाट शुभारम्भ भएको जानकारी दिएका थिए ।
शैक्षिक सुधारको लागि सम्बन्धित पक्षले प्रतिबद्धता समेत जाहेर गरेको रोहिणी प्रबक्ता क्षेत्रीले बताएका थिए ।
बृहत शैक्षिक सुधार अन्तरक्रियाा गाउँपलिकाको आयोजनामा सुरु भएको हो ।