सुरज ज्ञवाली
भैरवा, १ असार । रुपदेहीको सिद्धार्थनगर नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको पहिलो वार्षिक उत्सवको अवसरमा असार १ गते शुक्रवार देखि ७ गते बिहिवार सम्म गर्मी मौषमलाई मध्यनजर गरेर निःशुल्क पिउने पानी वितरण कार्यक्रम गरी सामाजिक कार्य गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले देशैभरी पहिलो वार्षिक उत्सवको अवसरमा असार १ गते शुक्रवार देखि ७ गते बिहिवार सम्म विभिन्न सामाजिक कार्यक्रमहरु संचालन गर्ने भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी सिद्धार्थनगर समितिको निर्णय अनुसार सिद्धार्थनगर नगरपालिका अन्तर्गतका विभिन्न ठाउँमा निःशुल्क पिउने पानी वितरण कार्यक्रम गरिएको संयोजक सुमन न्यौपाने जानकारी दिनुभयो ।

निःशुल्क पिउने पानी वितरण कार्यक्रम भैरहवाको बुद्धचोक, बरमेलि टोल, पुतली बजार, आवारोड, प्रहरी टोल, देवकोटाा चोक, गल्लामण्डी, आखाँ अस्पताल, मेडिकल कालेज, बैँक रोड लगायत १० ठाउँमा कार्यक्रम गरिएको संयोजक न्यौपानेले बताउनुभयो ।
