लुम्बिनीखबर
सिद्धार्थनगर, ४ असार । रुपन्देहीको कञ्चन गाउँपालिकाले लाभान्वित वर्गका आधारमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आइरहेको छ । यस गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता लिनेको संख्या चार हजार भन्दा कम देखिएको तथ्याङ्कले देखाएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष ०७९।८० अनुसार लक्षित वर्ग समुहका लागि सामाजिक सुरक्षा भत्ताका लागि विनियोजन भएको रकममा अहिले तेस्रो त्रैमासिक सम्म आईपुग्दा ३ करोड ७ लाख २५ हजार ८४ वितरण गरिएको छ । लक्षित समुहमा विभिन्न वर्गलाई अवस्थाको आधारमा सामाजिक सुरक्षा भत्ता दिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख सुरेन्द्र पोखरेलले जानकारी दिनुभयो । अन्य जेष्ठ नागरिक भत्ता, जेष्ठ नागरिक भत्ता (दलित), जेष्ठ नागरिक एकल महिला भत्ता, विधवा भत्ता, पूर्ण अपाङ्ग भत्ता, अतिअशक्त अपाङ्ग भत्ता, दलित बालबालिका भत्ता, लोपोन्मुख वालवालिका, लोपोन्मुख जाति समुह, आफनो हेरचाह गर्न नसक्ने जस्ता व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिदै आएको छ । गत आर्थिक वर्ष ०७८।७९ बाट नवीकरण ४ हजार १ सय ६७ भएको थियो । आर्थिक वर्ष ०७९।८० को पहिलो त्रैमासिक विभिन्न लक्षित कायम भएको संख्या ४ हजार १ सय ६७ मा ४ हजार १ सय १९ जनालाई ३ करोड ७५ लाख १९ हजार ३ सय ३३ रुपैयाँ वितरण गरिएको तथ्याङ्कले देखाएको छ ।
दोस्रो त्रैमासिकमा कायम लक्षितको संख्या ४ हजार २ सय ५१ जसमा वितरण गरेको संख्या संख्या ४ हजार २ सय ३ जनालाई ३ करोड ९२ लाख ४९ हजार २ सय १६ रहेको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख पोखरेलले जानकारी दिएका छन् । तेस्रो त्रैमासिकमा ४ हजार ३ सय ४० मध्ये ३ हजार ३ सय ७ जनालाई ३ करोड ७२ लाख ५० हजार ५८ रुपैयाँ वितरण गरिएको छ ।