logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    लम्पिस्किन रोगवाट बाँच्न चौपायालाई नियमित चेकजाच गराऔँ


    ४ असार २०८० , सोमबार

    लम्पिस्किन रोगवाट बाँच्न चौपायालाई नियमित चेकजाच गराऔँ

    लुम्बिनीखबर
    सिद्धार्थनगर, ४ असार । लम्पिस्किन रोग गाई भैसीलाई लाग्ने रोग हो । जुन लामखुट्टा, झिँगा, झुसिन किराको टोकाईबाट सर्ने रोग हो । यो रोग नेपालमा २०७७ सालमा देखिएको रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकामा रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका सुचना प्रमुख डा. प्रतिमा विष्टले बताउनुभयो । यो रोग नेपालको विभिन्न क्षेत्रमा फैलिएको छ । लम्पिस्किन रोग लागेको गाई भैँसीलाई विभिन्न लक्षणहरु देखिन्छ । जस्तै उच्च ज्वरो १०५ डिग्रि फारेनहाइट हुने, छालामा डल्लो गाठो देखिने, वालिन नजाने, गर्भ चुहने सक्ने, विरामी हुने, थुथनो, मुख र नाकमा घाउ देखिने , तौल घटने, दुध उत्पादनमा कमी आउने जस्ता लक्षणहरु देखिने विष्टकाले बताउनुभयो ।
    लम्पिस्किन रोगवाट बाँच्नका लागि पशुलाई भ्याकसिन समयमै लगाउने, संक्रमण भएको वेलामा खोप नलगाउने, घाउ निको पार्न एन्टिवाइटिक औषधी दिने, उपचार गर्ने, ट्रिटमेन्ट गर्ने, सङ्क्रमित पशुलाई छुटटै राख्ने, संक्रमित गाई भैसीलाई ओसार प्रसार नगर्ने, सामुदायिक चरण क्षेत्र एवम् दाना छुट्टाछुट्टै दिने, कृत्रिम गर्भधान गराउने, एउटै इन्जेकसन अरु पशुलाई प्रयोग नगर्ने, नजिकको पशुकार्यालयमा नियमित चेकजाँच गराउने, नरम दुवो घाष दिने, अराम दिने यातना नदिने, समयमा भ्याक्सिन लगाउने कार्य गरेमा यस रोगको रोकथाम गर्न सकिन्छ विष्टले बताउनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.