logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    परासीको दक्षिणी सिमा क्षेत्र तटबन्ध निर्माण काम गुणस्तरीय हिन


    ५ असार २०८० , मंगलबार

    परासीको दक्षिणी सिमा क्षेत्र तटबन्ध निर्माण काम गुणस्तरीय हिन

    ज्ञानेश्वर सहानी
    नवलपरासी, ४ असार । पश्चिम नवलपरासीको दक्षिणी सिमा क्षेत्रमा बाढीबाट घर गाउँ जोगाउन लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवालले पटक पटक तटबन्ध निर्माणका लागि बजेट विन्योजन गरे पनि निर्माण गुणस्तरीय रहेको छ।


    डुबानको समस्या समाधानमा लागेका छन् । बर्षामा डुबानी समस्या झेल्दै आएको सिमावर्ती पाल्हीनन्दन गाउपालिका का महेशपुर,रमपुरवा,सुनरी र शंकरपुर लगायतका गाँउ जोगाउनको लागि झरही नदी सफाई गराउदै छन ।
    पाल्हिनन्दन गाउँपालिका वाड नं १ रमपुरवा स्थित झारही खोला र धनेवा खोलामा लुम्बिनी प्रदेश कार्यक्रम अन्तर्गत निर्माण भएको तटबन्ध दुई वर्ष नबित्दै बाढीले भत्काएको छ ।


    विकास पुर्वाधार पनि जनतालाई चाहिन्छ नै,तर विकास गर्दा कहिँ बिनास निम्तयाउदैछ, भन्ने त्यस प्रति पनि सरकारी निकाय सचेत हुन आवश्यक रहेको छ । अब जुन गतिले विकास पुर्वाधार भई रहेको छ,त्यस अनुपातमा खोलानालाममा खोलाजन्य सामाग्री ढुगाँ,गिट्टि,बालुवा उपलब्ध नहुने हुदा पहाडमा कुनै उपयुक्त डाडाको पहिचान गरि वातावरणिय प्रभाव मुल्याँकन गरेर त्यसलाई खानीको रुपमा उपयोग बढाइयो भन्ने खोलानालाको दोहन रोक्न सकिन्छ ।


    नदीले जति मात्रामा उपलब्ध गराउछ,समाग्रि त्यती झिक्नु उपभोग हो,तर जबरजस्ती अनियन्त्रित खोला खन्नु प्रकृतिको पनि बलत्कार हो । सो बलत्कार प्रकृति माथिको अपराध हो । अपराधिक कार्य सरकारले रोक्नुपर्छ । यसमा नागरिक समाज पनि सचेत हुनुपर्छ । यसको प्रत्यक्ष प्रमाण अहिले नवलपरासी जिल्लामा देख्न सकिन्छ।
    तीन सय मिटर लामो तटबन्ध प्रदेश सरकारको लागतमा निर्माण भएको दुई वर्ष नबित्दै भत्किएपछि नवलपरासीको पाल्हिनन्दन गाउँपालिका लगायतका गाउँ बाढी डुबानको उच्च जोखिममा पर्दै आएका छन् ।
    रमपुरवामा बाढी र कटान रोक्न आर्थिक वर्ष २०७८र०७९ मा करिब सय मिटर लामो तटबन्ध रु १० लाख त्यस्तै ३३ लाख ५० हजारको लागतमा २ सय मिटर निर्माण भएको थियो । तीमध्ये २ सय मिटरभन्दा बढी तटबन्ध बाढीले भत्काएको थियो ।
    प्रदेश सरकारको प्राथमिकतामा परेको नवलपरासी आयोजनाको काम गुणस्तरहीन भएकाले दुई वर्षमै भत्किएको स्थानीयवासीको गुनासो छ ।


    तटबन्ध बगाएपछि यस क्षेत्रका खेतीयोग्य जमिन कर्णाली नदीले कटान गरिरहेको स्थानीयवासीहरु बताउँछन् । साथै त्यस तटबन्धलाई निर्माण गर्न पटक पटक प्रदेश सभा सदस्य जैसवालले प्रदेशबाट बजेट विन्योजन गराउदाँ समेत गुणस्तर काम हुन नसकेको बाढी डुबान पिडितहरुको भनाइ रहेको छ ।
    बर्षायाममा आउने बाढीको पानी झरहीखोलाबाट बाहिर आई गाँउ डुबान बाट बचाउन खोलामा सरसफाइ कार्य शुभारम्भ गराएको प्रदेश सभा सदस्य जैसवालले बताए ।
    पानीले गर्द गाँउ डुबान खेतबारी तथा बालीनाली पनि नष्ट गर्दै आईरहेको अवस्था छ,उनले भने, यसको कारण स्थानियबासीले नै भनेका छन्,कि नदी पहिला गहिरो थियो,चुरेबाट बग्दै आउने बालुवा,भष्कट जम्मा भई खोलाको गहिराई पुरिएको छ,थोरै पानी आउदा पनि खोलाले धान्ने अवस्था छैन् । त्यही भएर अहिले खोला सफाई गरिने कार्य भई रहेको छ । यो कार्य नदी आफ्नो पुरानै अवस्थामा नगएसम्म निरन्तर गर्नु पर्ने अवस्था देखिएको प्रदेश सभा सदस्य जैसवालले बताए ।
    खोला सफाई गरिदिए पछि खोलाको गहिराई पनि बढेको छ, उनले थपे,खोलाबाटै निस्केको भष्कटले बाँध र तटबन्धन पनि गर्न सकिएको छ । तटबन्धन गरेर त्यसमा रुख विरुवा,झाडीदार नर्कट,बाँध लगायतका बनस्पति लगाई तटबन्ध जोगाउनु पर्ने अवस्था रहेको उनको भनाई रहेको छ ।


    विगत बर्षमा थोरै मात्रामा नदीबाट नदी जन्य पदार्थ मानविय शक्तिको प्रयोग गरि झिक्ने कार्य हुदै आएको थियो । त्यो बेला डुबान कटान र पटान कम थियो,तर अहिले यान्त्रिक विधि९एक्साभोटर,जेसिबी०को प्रयोग गरि खोला जन्य पदार्थको दोहनले तराईमा तबाई मच्चाएको स्वकिय सचिव खानले बताए ।
    यसबारे प्रदेश साँसद जैसवाल गम्भिर भई लागेको दाबी गर्दै उनले अन्य साँसद र स्थानिय तहका जनप्रतिनिधिहरु पनि सक्रिय भएर लाग्नु पर्ने आवश्यकता उनले बताएका थिए । सुनवल नगरपालिकामा दोहन हुन्छ,तर त्यसको प्रभाव भने पाल्हीनन्दन गाउपालिका,सरावल गाउपालिका र रामग्राम नगरपालिकामा पर्ने गरेको उनको भनाई थियो ।
    उनका अनुसार सुनवलको दोहनका कारण पाल्हीनन्दनमा डुबान भएर बार्षिक एक हजार विघा धानबाली नष्ट हुने गर्छ । ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.