लुम्बिनीखबर
सिद्धार्थनगर, असार । रुपन्देहीको भैरहवा देखि परासी जाने सडक खण्डमा सडक दस्तुर संकलन (टोल टेक्स) केन्द्र रहेको छ । जुन रोहिणी खोलाको पश्चिममा रहेको पननी सिमानामा पर्छ ।

टोल टेक्स संचालनमा नरहेको हुदाँ धेरै समय देखि उपकरण, विजुली, संकेत नहुदाँ रातीको समयमा यो संरचना संग ठोकिएर प्रायः जसो दुर्घटनाहरु भइरहन्छन् । कैयो मानिसहरुले ज्यान गुमाएको र कैयोको अंगभंग समेत भएको स्थानीयवासीहरु बताउँछन् । हिजो राति धकधई निवासी जाहिद खाँन त्यही संरचनामा ठोकिएर गम्भीर घाइते हुन पुगेका छन् । खाँन मणिग्राम स्थित क्रिमसन हस्पिटलको आकास्मिक कक्षमा उपचरार्थ अवस्थामा रहेका छन् ।
यसरी दुर्घटना हदाँ पनि सम्बन्धित निकाय मौन बसिरहेको देखिन्छ । त्यसैले यस टोल टेक्समा उपकरण , विजुली, संकेत छिटो भन्दा छिटो जडान गर्न सरोकारवालासंग स्थानीयवासीहरुको जोडदार माग रहेको छ ।