असलम खान
मर्चवार, ६ असार । रुपन्देहीको मर्चवारमा वर्षा भएपछि मर्चवारका किसानहरु खुसी भएका छन् ।

आकाशे पानीको भरमा खेती गर्दै आएका किसानहरु वर्षा भएपछि खुसी भएका हुन्। लामो समयदेखि पानी नपरेकाले किसानहरुले लगाएको धान बालीको बिउ प्रभावित भएकोमा मंगलबार परेको पानीले राहत महसु्स भएको मर्चवारका किसान गोबर्धन पाण्डेले बताए। पानी परेसँगै बारीमा सुक्नै थालेका धानको बिउलाई पनि अमृत मिलेको छ।

धान रोपाई गर्ने बेलामा नै आवश्यक मात्रामा पानी नपर्नु र त्यसपछि पनि खडेरी भएपछी किसानहरु चिन्तामा थिए । सिँचाइ अभावमा विभिन्न रोगको प्रकोप देखिन थालेको थियो तर अब पानी परेपछि उक्त रोगको प्रकोप हट्ने विश्वास मर्चवारका किसानले गरेका छन्।