अन्जना चौहान
लुम्बिनी, ७ असार । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ६ पर्सामा समाजसेवी युवा द्वारा निःशुल्क पानी वितरण कार्यक्रम सुरु भएको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ६ तेनुहवामा बस्ने अब्दुल मोईद भने गुडडु बाबू ४ वर्ष देखि कुखुरा पिडको कारोबार गर्दै आएका छन । साथै उहाँ समाजसेवी युवा नेता पनि हुनु । करिब ३ वर्ष देखि गरिब, असहाय, अतिविपन, अपांग, आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई विभिन्न किसिमका सहयोग गर्दै आइरहेको र १ वर्षमा ३ लाख बराबरको सहयोग गरेको बताएका छन् ।
अहिले बढिरहेको गर्मीलाई मध्यनजर गर्दै युवा नेताले सेन्टर चौरहामा बस यात्रुका लागि निःशुल्क खानेपानी लुम्बिनी साँस्कृतिक नगरपालिका स्तरीय पर्सा ,पडिरिया, महजिदिया, महिलवार, मोगलहा लगाएत ठाउँ ठाउँमा पानी वितरण कार्यक्रम गरेका छन् ।
निःशुल्क पानी खाने यात्रुहरुले उहाँलाई धेरै धेरै धन्यवाद दिएका छन । साथै लुम्बिनी विकास कोष र लुम्बिनी साँस्कृतिक नगरपालिकाको सहयोगमा जुन काम गर्नु पर्ने हो त्यो काम समाजसेवी युवा नेताले गरेका छन भने उहाँको कार्यलाई सफलताको शुभकामना समेत स्थानीयवासीहरुको भनाइ रहेको थियो ।
अब्दुल मोईद मुसलमानले आउने आगामि दिनहरुमा आफूले सक्दो सहयोग जुनसुकै कार्यका लागि गर्ने समेत बताएका थिए ।