लुम्बिनीखबर
भैरहवा, ७ असार । रुपदेहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ डण्डा नदीको तटमा रहेको जगद्गुरु दक्षिण पीठ एवम् श्री नवदुुर्गा मन्दिरमा रेशम रायमाझीले साउण्ड सिस्टम हस्तान्तरण गरेका छन् ।

असार ६ गते बुधवार स्व.निरख बहादुर रायमाझीको स्मृतिमा अमेरिका निवासी छोरा रायमाझीले दान स्वरुप जगदगुरु दक्षिण पीठमा भजन कृतनका लागि साउण्ड सिस्टम दान स्वारुप हस्तान्तरण गरेका थिए ।

कार्यक्रमका अध्यक्ष तथा जगदगुरु दक्षिण पीठ सेवा समितिका कार्यवाहकअध्यक्ष कुल प्रसाद खनालले दानवीर रायमाझीले साउण्ड सिस्टमलाई मध्यनजर गरेर दानमा दिएकोमा धन्यवाद दिदैँ अगामि दिनमा पनि विदेशी अमेरिकावासीहरुको सहयोगको अपेक्षा राखेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि तथा पीठका पुजारी गुरु हरि आचार्यले कार्यक्रमलाई सम्वोधन गर्दै रायमाझी नेपालमा जन्मेका, हुर्के र अहिले विदेश वा प्रराष्ट्रमा बसेपनि आफनो धर्म, संस्कृति, संस्कार तथा आस्था प्रतिको प्रेम, विश्वास सद्भाव देखिएकोमा रायमाझी परिवारको सुख, समृद्धि, दीर्घायु र उत्तरोतर प्रगतिको कामना गर्दै अगामि दिनमा पनि विदेशी इष्ट मित्र द्वारा यो मन्दिरका लागि सहयोग गर्ने विश्वास समेत राखेको जनाएका थिए ।

कार्यक्रममा कार्य समितिका सचिव शेर बहादुुर सुनारले कार्यक्रमलाई सम्वोधन गर्दै अमेरिका वासी रेशम रायमाझीले गरेको दानका आधारमा सिलालेखमा दानवीरको समुहमा उल्लेख गर्ने जनाएका थिए ।कार्यक्रममा कार्यसमिति कोषाध्यक्ष लिला कार्कीले रायमाझीले गरेको सहयोग मन्दिरका लागि महत्वपुर्ण रहेको भन्दै आगामी दिनमा पनि अपेक्षा रहेको बताउनुभयो ।
कार्यक्रममा अतिथि तथा दानवीर रायमाझीले सेवा समितिका सदस्य कमल रायमाझीले यस मन्दिरको विषयमा आफूहरुलाई जानकारी गराउनु भएकोमा रायमाझीलाई धन्यवाद दिदैँ अगामि दिनमा पनि म आफनो तर्फवाट र अमेरिकावासी साथीहरुवाट सक्दो सहयोग गर्ने विश्वासका साथ प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा स्थानीय भक्तजन, पत्रकार तथा सञ्चारकर्मीहरुको उपस्थिति साउण्ड सिस्टम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो ।