अन्जना चौहान
लुम्बिनी ७ असार । विकास तथा प्रकोप ब्यवस्थापन केन्द्र नेपालको आयोजनामा लुम्बिनी साँस्कृतिक नगरपालिका र मेजरिया जर्मनी अष्ट्रेलियाको सहयोगमा सामुदायिक उत्थानसिल हरित उघम एक दिने कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको विषयमा टेक बहादुर सुनारले कुनै पनि बस्तु पुनः प्रयोगमा ल्याउन सकिन र यसले हरित उघम खेति गर्न सकिन्छ । पुरानो सामग्री प्रयोगमा ल्याएर आफ्नो आयआर्जन गर्न सहज हुन्छ। जस्तै नदि खोलामा पाईने सिपिलाई सफा गरि बजार मार्केट गर्ने । केराको बोक्राबाट प्रयोग गर्न बस्तु बनाउन सकिन्छ। फोहोरमैला ब्यवस्थापन गरि हरित उघम खेति गर्न सकिन्छ भने जानकारी दिएका थिए।

कार्यक्रम खुल्ला छलफलमा केही प्रश्न लुम्बिनी साँस्कृतिक नगरपालिकालाई आएको थियो र हरित उघम खेती रोजगार सम्बन्धि के के काम भइरहेको छ ।
यस विषयबस्तुमा लुम्बिनी साँस्कृतिक नगरपालिका उपप्रमुख कल्पना हरिजनले लुम्बिनी क्षेत्रमा एक हजार भन्दा बढि सार्वजनिक जग्गा रहेको छ । नगरपालिकाको पहलमा हरित उघम खेति गर्न सकिन्छ युवाहरुलार्इ रोजगार पनि दिन सहज हुने छ। हरेक किसिम खेती गर्न सजिलो हुन सक्छ । कुषि शाखा प्रमुख राजेन्द्र चौधरी सिडिएम नेपाल उपाध्यक्ष जगरनाथ प्रसाद कुर्मी लगायतले आआफ्ना भनाइ राखेका थिए।
कार्यक्रम संचालन सिडिएम नेपाल रुपन्देही समाजिक प्रचालक अवधेश बरई ले गर्नु भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि सिडिएम नेपाल उपाध्यक्ष जगरनाथ प्रसाद कुर्मी, लुम्बिनी साँस्कृतिक नगरपालिका नगरप्रमुख सजरुद्दिन मुसलमानको अध्यक्षतामा, विशिष्ट अतिथि नगरउपप्रमुख कल्पना हरिजन र अतिथिहरु वाड न १ वडा अध्यक्ष सुरज कलवार, वाड नं २ वडा अध्यक्ष इनामुल्लाह फर्किर, वाड न ३ वडा अध्यक्ष अकरामुद्दिन नाउँ , वाड न १२ वडा अध्यक्ष हरिकेश लोध लगायत नगरपालिका सम्पुर्ण शाखा प्रमुखहरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो रहेको थियो।