logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    उद्योग वाणिज्य संघ नवलपरासीको १५औँ अधिवेशन सम्पन्न


    ११ असार २०८० , सोमबार

    उद्योग वाणिज्य संघ नवलपरासीको १५औँ अधिवेशन सम्पन्न

    ज्ञानेश्वर सहानी
    नवलपरासी, असार । पश्चिम नवलपरासीको उद्योग वाणिज्य संघ १५औँ अधिवेशन सम्पन्न भएको छ ।
    १५औँ अधिवेशन मार्फत संघको अध्यक्षमा वरिष्ठ उपाध्यक्ष रहनुभएका परासीका व्यवसायी ओमप्रकाश अग्रहरी सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज साँझ उद्योग वाणिज्य संघमा आयोजित एक कार्यक्रमका बिच अग्रहरी सहित नयाँ नेतृत्वको निर्वाचन समिति संयोजक वरिष्ठ अधिवत्ता धन शर्माले घोषणा गर्नुभयो । संघको वरिष्ठ उपाध्यक्षमा नगेन्द्र अग्रहरी निर्वाचित हुनभएको छ ।
    त्यसै गरी दुई उपाध्यक्ष उद्योग तर्फ गिरीराज पाण्डे र वाणिज्य तर्फ राजेश कुमार गुप्ता चयन हुदाँ यस अघि सचिमा रहनुभएकी तारा आचार्यले महासचिवको जिम्मेवारी पाउनुभएको छ । यसैगरी कार्यकारीणी सदस्यहरुमा सन्दिप कुमार स्वर्णकार, बाल किसुन गुप्ता, किसुनाथ बनियाँ, चन्द्र प्रकाश गुप्ता, गणेश प्रसाद अग्रहरी, सुनिल कसौधन लगायत एसोसियट र वस्तुगत गरी १९ सदस्यीय समिति सर्वसम्मत चयन भएको छ ।
    संघको लेखा समिति संयोजकमा अर्जुन बहादुर क्षेत्री निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यस अघि विवादका कारण निर्वाचन हुन सकेको थिएन् । आज निर्वाचन समितिले निर्वाचन प्रक्रिया मिलाउन विधानमा भएको व्यवस्था बमोजिम सर्वसम्मत सहमती भएको नामका आधारमा अन्तिम नामावली प्रकाशन गर्दे सबै पदमा एकल उम्मेदवारी परेकाले सर्वसम्मती भएको आधार प्रस्तुत गरेको छ ।
    उद्योग वाणिज्य संघका अध्यक्ष रहनुभएका केशव भण्डारी उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा चयन भएपछि नयाँ नेतृत्व चयन गर्न संघलाई दबाब बढेको थियो । नवनिर्वाचित नेतृत्वलाई बधाई दिदै लुम्बिनी प्रदेश सभा सदस्य वैजनाथ कलवारले संघको नेतृत्व सधँै उद्योगी व्यवसायीको हित र प्रवद्र्धनमा अगाडी बढ्नेछ भन्ने विश्वास व्यक्त गर्नुभयो । सो क्रममा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष गुणनिधि तिवारी, पत्रकार महासंघ नवलपरासी शाखाका अध्यक्ष हरि शर्मा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.