logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    सामाजिक सञ्जालमा कार्यकर्ताको आरोप माथि मन्त्री गुप्ताको सफाई


    ११ असार २०८० , सोमबार

    सामाजिक सञ्जालमा कार्यकर्ताको आरोप माथि मन्त्री गुप्ताको सफाई

    अनावश्यक बदनाम नगर्न मन्त्रीको अनुरोध

    अन्जना चौहान
    लुम्बिनी, १० असार । लुम्बिनी प्रदेश सरकारमा जनमत पार्टीद्वारा रुपन्देही ५(ख) बाट निर्वाचित सामाजिक विकास मन्त्री चन्द्रकेश (सी.के) गुप्ता अहिले आफ्नै पार्टीका नेता तथा कार्यकर्ताबाट आरोप खेपी रहेका छन ।
    लुम्बिनी प्रदेशको रातो किताबमा प्रकाशित आर्थिक वर्ष २०८०।८१ का लागि बजेट शिर्षकहरुमा प्रदेश तथा आफ्नै गृह जिल्ला र आफ्नै क्षेत्रका नेता कार्यकर्ताद्वारा माग गरिएको कुनै पनि योजना नपरेपछि पार्टीका नेता कार्यकर्ताहरु आक्रोसित बनेका छन् । तर सोहि मन्त्रालयबाट रुपन्देहीका लागि छुट्याइएको बजेटमा भने उनका मित्र समेत रहेका लोसपाबाट निर्वाचित आन्तरिक मामिला मन्त्री सन्तोष पाण्डेको क्षेत्रमा र कांग्रेसबाट निर्वाचित पूर्व सामाजिक विकास मन्त्री बसिउद्दीन खानको क्षेत्रमा भने माग गरिएका धेरै योजनाहरु पारिएपछि मन्त्री गुप्ता अहिले सवालको घेरामा परेका छन । आखिर उनी कसका लागि काम गर्छन । यसरी मन्त्री गुप्ता असक्षम रहेको भन्दै पार्टीका जिल्ला वरिष्ठ नेता रामअवध गुप्ताले सामाजिक संजालमा आफ्नो असन्तुष्टि पोखेका छन् । लगत्तै मन्त्री गुप्ताले पनि सामाजिक संजाल मार्फत स्पस्टीकरण दिंदै आरोपको खण्डन गरेका छन । यद्यपी यस अघि जेठ १० गते पार्टीद्वारा निर्वाचित जनप्रतिनिधिलाई तपाईंको सवाल जस्तो सार्वजनिक सुनुवाई कार्यक्रममा समेत अधिकांश जिल्ला नेताले उनी माथि असन्तुष्टी राखेको पार्टीका एक नेताले बताएका छन् ।
    उनी पहिले एमालेका सामान्य युवा कार्यकर्ता हुंदा जनमत पार्टी प्रवेश गरी लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयर पदमा टिकट पाएर उम्मेदवारी दिएपछि चर्चामा आएका थिए । पछि प्रदेश सभा सदस्यका लागि समेत उम्मेदवारी दिन जिद्दी गरेपछि उनलाई टिकट दिइएको थियो । उनलाई पार्टीले स्थापित नेताको रुपमा पहिचान दिएर निर्वाचित भइसक्दा पनि उनी पार्टीका नेता कार्यकर्तालाई साथमा लिएर हिंडन लाज लागेको जस्तो ब्यवहार गरी राखेको पार्टीकै नेताहरुको आरोप छ ।
    हाल सम्म पनि पार्टीको निर्देशन विपरित स्वकीय सचिवमा समेत आफ्नै भाई पर्ने पवन गुप्तालाई नियुक्ति गरेको कुरा पहिले नै मिडियामा बाहिरिएको थियो । उनी आफ्नै पार्टीका नेता कार्यकर्ता भन्दा बढी एमाले, कांग्रेस, रास्वपा र लोसपाका नेताहरुसंग मात्र बढी हिमचिम राखेको र उनीहरुको मात्र काम गरिराखेको प्रति पार्टी नेतृत्व समेत उनी बाट असन्तुष्ट रहेको पार्टी श्रोतले जनाएको छ । पार्टीका नेतृत्व कर्ताहरुले उनी माथि लगाएको आरोपलाई मध्य नजर गरेर यो आर्थिक वर्षको बजेटमा सामाजिक विकास मन्त्रालय अन्तर्गत प्राविधिक कारणले गर्दाएक मुष्ठ राखिएको छ । माननीय मन्त्री ज्यूको आदेश अनुसार साउन महिना बाट विनियोजित रकम सार्वजनिक गरिनेछ र हाम्रो मन्त्रालय अन्तर्गत लुम्बिनी प्रदेश भित्र १५।१६ वटा विद्यालयमा मात्र विनियोजन गरिएको जस अन्तर्गत प्रदेशको १२ वटै विद्यालयमा प्रदेश सरकारको समन्वयमा संघीय सरकारको बजेट हो । हामीले हरेक जिल्लाको एउटा विद्यालय सम्बन्धित मन्त्रालयमा पठाउनै पर्दछ । जसका कारणले ठूलो स्कुल भनिने लिलाराम न्यौपाने माध्यमिक विद्यालय भैरहवा लुन संघीय बजेट रहेको भनि कुरा नबुझि बदनाम नगर्न अनरोध सामाजिक सञ्जाल मार्फत यस विषयमा सफाई दिएका छन् । साथै सम्मानित जनताले साउन महिना सम्म धैर्य धारण गर्नका साथै सहयोग सहित सुझाव सल्लाह दिन अनुरोध समेत गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.