logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    रुपन्देहीमा २ करोड मुल्य बराबर सुन बरामत


    ११ असार २०८० , सोमबार

    रुपन्देहीमा २ करोड मुल्य बराबर सुन बरामत

    अन्जना चौहान
    लुम्बिनी, ११ असार । रुपन्देहीमा सशस्त्र प्रहरीले २ करोड मुल्य बराबरको सुन सहित गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।
    नेपालबाट भारत पतर्फ लैजादै गरेको अस्थामा दुई वटा सुनको इट्टा सहित बा१२च.३८२० नम्बरको मारुति सुजुकी कार र चालकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिएका छन् ।


    सुचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा ईट्टा आकारमा रहेको २ थान सुन जस्तो देखिने वस्तु बरामद गरी गाडी चालकलाई नियन्त्रणमा लिई भैरहवा भन्सार कार्यालयमा बुझाइएको छ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १३ कालिदह डिवोपि बदघाटवाट खटिरहेको टोली इन्सपेक्टर शरण बहादुर खडकाले जानकारी दिएका छन् ।
    केही दिन देखि गोप्य सुचनाहरु आइरहेको अवस्थामा ९ गते शनिवार राती रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १३ कालिदह क्षेत्रवाट उनीहरुलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
    भन्सारमा २ करोड ६५ हजारको सुन मुल्याङ्कन गरी भैरहवा भन्सार कार्यालयमा पठाएको सुन, गाडी र चालकको विषयमा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी उपरीक्षक थापाले जानकारी दिएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.