logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    देवदहले १ अर्ब ७ करोड को बनायौँ नीति तथा कार्यक्रम


    १२ असार २०८० , मंगलबार

    देवदहले १ अर्ब ७ करोड को बनायौँ नीति तथा कार्यक्रम

    लुम्बिनीखबर
    भैरहवा, ११ असार । रुपन्देहीको देवदह नगरपालिकाको आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ।
    देवदह नगरपालिकाले शिक्षा क्षेत्रमा ल्याएको नीति तथा कार्यक्रम अन्तर्गत विद्यार्थी खाजा कार्यक्रममा ५ रुपैया थप गरि रु २० कायम गर्ने, एकाघरका सदस्यहरु र संरक्षक समेत कोहि नभएका बालबालिकाको माध्यमिक तहसम्मको सम्पुर्ण दायित्व नगरपालिकाले लिने, आधारभुत तह सम्मको शिक्षा पुर्ण रुपमा निःशुल्क गर्ने, नतिजाको आधारमा उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई नगरपालिकाले सम्मान गर्ने रहेको छ ।


    खेलकुद सम्बन्धी नीति तथा कार्यक्रम अन्तर्गत खेलकुद समिती गठन गरि विविध खेलकुदका कार्यक्रम संचालन गर्ने, सार्वजनिक स्थलमा खुल्ला ब्यायम केन्द्र स्थापना गर्ने, सित्तलनगर खेलमैदान र सहिद नरबहादुर स्मृति खेलमैदान स्तरोन्नति गर्ने, शहुद दुर्गा वसन्त देवदह कभर्डहल र देउमन पुन स्मृति कभर्डहल निर्माण सम्पन्न गर्ने, राष्ट्रपति रनिङ शिल्ड ,क्रिकेट भलिबल फुटबल ब्याडमिन्टन कराते लगायतका खेल प्रतियोगिता आयोजना गरिने् नीति रहेको छ ।


    महिला स्वास्थ स्वयंसेविका, सरसफाइ कर्मी, क र ख बर्गका अपाङ्ग , पत्रकार तथा अति बिपन्न परिवारको निःशुल्क बिमा गर्ने, नगरपालिका भित्र सुर्तीजन्य र गुटका बेचबिखनमा निषेध गर्ने, देवदह नगर अस्पतालमा दन्त सेवा थप गर्ने जस्ता स्वास्थ्य सम्बन्धी रहेको छ ।

    त्यसैगरी कृषि क्षेत्रका लागि कृषि यन्त्र उपकरण र औजारमा अनुदान , पशु बिमा किसानले बुझाउने रकमा ५० प्रतिशत अनुदान जस्ता विविध कार्यक्रम गर्ने नीति रहेको छ ।
    भौतिक पूर्वाधार निर्माण नयाँ डम्पिङ साइड निर्माण र हाल चालू साइडलाइ व्यवस्थित गर्ने
    बिपतमा तत्काल उद्दार र राहत जेष्ठ नागरिकको सम्मान सुरक्षा , ग बर्गको अपाङ्ग भत्ता ,
    उजुरी सामुदायिक होम स्टे संचालन, अव्यवस्थित जग्गामा बनेका घरजग्गाको दीर्घकालीन पुर्वधार ब्यवस्थापनको लागि अभिलेखिकरण अनिवार्य गर्ने, स्थानीय तहमा बेरोजगार सूचीकरण भएकाहरुलाइ न्युनतम रोजगारको प्रत्याभूति गर्ने लगायतका महत्त्वपूर्ण योजना केही संसोधन सहित सर्वसम्म्त पारित भएको छ।


    नगरप्रमुख धुर्व प्रसाद खरेलको अध्यक्षतामा सप्पन्न नगरसभाको पहिलो बैठकमा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले आगामी आर्थिक बर्ष २०८०।८१ को लागि १ अर्ब ७ करोड २४ लाख ५० हजार को अनुमानित आयब्यय सहित आर्थिक विकासमा २ करोड २७ लाख, सामाजिक विकासमा ७ करोड ४३ लाख, पुर्वधार विकासमा ३९ करोड, वातावरण तथा विपद व्यवस्थापनमा १४ करोड, संस्थागत विकास तथा सेवा प्रवाहमा १६ करोड ६५ लाख आयब्यय प्रस्तुत गर्नुभएको थियो। १२ वटै वडामा एक एक करोडको दरले बजेट सिलिङ प्रस्तुत गर्नुभएको थियो।
    सभा बाट एक बहादुर सुनार संयोजक रहेको हरि प्रसाद पाण्डे र दमन नाथ रेग्मी सदस्य सहितको ३ सदस्यीय लेखा समिती सर्वसम्मत पारित भएको छ। त्यस्तै कृष्ण प्रसाद अधिकारीको संयोजकत्वमा डेग बहादुर सारुमगर, लक्ष्मी वि।क सदस्य रहेको सुशासन समिती समेत गठन भएको छ। त्यस्तै नगरपालिका न्यायिक समिती कार्यबिधी ऎन २०७४ को पहिलो संसोधन, नगर प्रमुख , उपप्रमुखको सचिवालय ब्यवस्थापन सम्बन्धि बिधेयक २०८० समेत पारित भएको छ।साथै मिति २०८० असार १९ गते पुनः नगर सभाको तेस्रो बैठक बस्ने समेत पालिकाले जनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.