logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    गैडहवामा लालपुर्जा पाएपछि आनन्दको वातावरण सृजना हुने


    १७ असार २०८० , आइतबार

    गैडहवामा लालपुर्जा पाएपछि आनन्दको वातावरण सृजना हुने

    खाली चुनावमा मात्र लाल पुर्जा दिन्छाँै भनेर भोट माग्न आउने गरेको र यस वर्ष साच्चिकैं गैडहवा वासीहरु लाल पुर्जा पाउन सफल भएका छन् 

    अन्जना चौहान
    लुम्बिनी, असार । रुपन्देहीको गैडहवा गाउँपालिकामा गाउँब्लाक जग्गाको जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको छ ।
    वषौंदेखि जोतभोग गर्दै आएका भूमिहीनलाई नापी कार्यालय रुपन्देही र गैडहवा गाउँपालिकाले विहिवार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीको हातबाट गाउँब्लाक जग्गाको पूर्जा वितरण गरिएको छ ।
    नापी कार्यालयले गाउँपालिकाको गाउँब्लाकमा जोतभोग गरिरहेका ५ सय ९४ घरपरिवारलाई जग्गा धनीको जग्गा नाप नक्सा गरी जग्गा धनी पूर्जा वितरण गरेको हो । घरघडेरी र खेतको रुपमा जोतभोग गरिरहेका ५ सय ९४ घरपरिवारलाई गाउँब्लाक अन्तर्गतको सयौं हेक्टर क्षेत्रफलको जग्गाको लालपूर्जा वितरण गरिएको गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिएका छन् ।
    गैैडहवा गाउँपालिका अन्तर्गत वडा नम्बर ६, ७ र ८ मा जग्गाधनीले जोतभोगको आधारमा गाउँब्लाक जग्गाको पूर्जा पाएका छन् । ६३ वर्ष यता जग्गाको लालपूर्जा वितरण गरिएको थिएन जग्गाधनीले लालपूर्जा पाएपछि निकै खुशी भएका छन् । पूर्जा नहुँदा उनीहरुले व्यक्तिगत काम, बैंकबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशबण्डा गर्न समेतका कार्यबाट वञ्चित थिए ।
    बिहिबार एक विशेष पूर्जा वितरण कार्यक्रममा गैडहवा गाउँपालिकाका अध्यक्ष पौडेलले भने ‘पुस्तौंदेखि बसेको घर कानुनी रुपमा उनीहरुको थिएन । जोतभोग गरेको जमिन सरकारकै नाममा थियो । खेतिपाती गर्ने र बस्ने बाहेक उनीहरुले आफ्नो जायजेथा बेचेर अन्त जान वा कुनै कारोबार गर्न पाएका थिएनन्न् । हामीले उनीहरुको गुनासो सुनेपछि तत्काल यसको समाधान खोज्यौं । आखिर इच्छाशक्ति भए गर्न सकिने रहेछ ।’ मन्त्री सामु पौडेलले भने करको दायरा २ सय प्रतिशत छ यो ठाउँमा मजदुरी गरेर मेहनत गरेर खाने मजदुर छन् तिनीहरुलाई कर घटाएर ति निमुखाहरुलाई बाँच्ने खाने र लालपुर्जा पाएर घरमा आराम संग सुत्ने वातावरण मिलाउन आग्रह गरेका थिए ।
    रुपन्देही क्षेत्र नम्बर ५ का सांसद बासुदेव घिमिरेले जग्गा भएर पनि भोग चलन गर्न वषौं देखि नपाएका र खाली चुनावमा मात्र लाल पुर्जा दिन्छाँै भनेर भोट माग्न आउने गरेको र यस वर्ष साच्चीकै लाल पुर्जा पाएकोमा गैडहवा वासीलाई धन्यबाद व्यक्त गर्नुभयो ।
    सोही कार्यक्रमको अवसरमा आजदेखि पुनः गाउँ ब्लाक जग्गाको नापजाँच सुरु भएको छ । गैडहवा गाउँपालिका र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत रहेको नापी विभाग रुपन्देहीको सहकार्यमा गाउँपालिकाको वडा नम्बर ८ बाट नापजाँच सुरु भएको हो । जग्गा आवासका लागि योग्य भएको र सबैजसो जग्गामा अहिले पुरानो बस्ती बसिरहेको जग्गाको नापजाँच गर्ने, श्रेस्ता तयार गर्ने र जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने गरी तीव्र रुपमा काम गरिने गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले बताएका छन् । भुमिहिन, सुकुम्वासी र अव्यवस्थित बसोवासीको नाप नक्साको व्यवस्थापनको लागि शुभारम्भ आयोजक समारोह गैडहवा गाउँपालिक राष्ट्रिय भुमि आयोग रुपन्देहीले जनाएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.