logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    बालसाहित्यको पठनीय कृति पूर्णिमको जून


    १७ असार २०८० , आइतबार

    बालसाहित्यको पठनीय कृति पूर्णिमको जून
    बालबालिकाको सर्वाङ्गीण विकासका लागि पाठ्यपुस्तकको ज्ञानले मात्र सम्भव हुँदैन । त्यसका लागि बालसाहित्यको पनि महŒवपूर्ण भूमिका रहन्छ । बालसाहित्य बालबालिकाहरूद्वारा कलात्मक रूपमा आफ्ना भावना अभिव्यक्त गरिएको रचना वा प्रौढ साहित्यकारहरूद्वारा बालबालिकाहरूका निम्ति लेखिएको खुराक हो । बालसाहित्यका विभित्र विधाहरूमध्ये बालगजल पनि एक महŒवपूर्ण विधा हो । बालगजल बालबालिकाहरूको हितका निम्ति उनीहरूकै लवज प्रयोग गरिएर लेखिएको गेयात्मक विधा हो । हाल नेपाली साहित्यमा गजल प्रशस्त मात्रामा सिर्जना गर्ने र सुनाउने प्रचलन भए पनि बालगजल सीमित मात्रमा रचना गरिएको पाइन्छ । यसै परिप्रेक्ष्यमा सुरज घिमिरे दीपशिखाले पूर्णिमको जून बालगजलसङ्ग्रह (२०७९) प्रकाशित गराई बालगजलकारका रूपमा आफूलाई उभ्याउन सफल भएका छन् । सिर्जनशील साहित्यिक समाजका संस्थापक अध्यक्ष समेत रहेका दीपशिखाले यसअघि नै सहरको यो भीडमा (गजलसङ्ग्रह २०६७) प्रकाशित गराइसकेका छन् ।
    पूर्णिमको जून बालगजलसङ्ग्रह कभर पृष्ठ बाहेक ६ + ४८ = ५४ पृष्ठमा संरचित रहेको छ । यसमा २०६३ जेठ १६ गतेदेखि २०७९ वैशाख १४ गतेसम्म लेखिएका ४८ ओटा बालगजलहरू सङ्गृहीत गरिएको छ । यस पुस्तकको प्रकाशक राधा खड्का रहेकी छन् भने यसको मूल्य संस्थागत रु ३००। र व्यक्तिगत रु २००। रहेको छ । गजलसङ्ग्रहमा प्रा.डा. कपिल लामिछाने र वासुदेव अधिकारीको शुभकामना मन्तव्य पछि गजलकारको आफ्ना भनाइ रहेको छ । यहाँ, यस गजलसङ्ग्रहमा अन्तर्निहित भावविधान पहिल्याउने जमर्को गरिएको छ ।
    गजलसङ्ग्रहको पहिलो गजल ‘अङ्गुरको झुप्पा, केराको हो घारी’ रहेको छ । यसले बजारबाट तरकारी तथा फलफूल किनेर खानुभन्दा आफ्नो खेतबारीमा खनजोत गरी हरियो परियो खानु स्वास्थ्यको लागि लाभदायक रहने भाव व्यक्त गरेको छ । दोस्रो गजल ‘राम्रो बानी’ मा बालबालिकालाई बगैँचाको फूल नटिप्न, जानीजानी भुल नगर्न, सुत्ने बेला झुल लगाउन, प्यासीलाई पानी पिलाउन सन्देश दिएको छ । तेस्रो गजल ‘दसैँ’ मा दसैँको समाजिक सांस्कृतिक महŒव देखाइएको छ । नेपालीहरूको महान पर्वमा आफ्ना दुःख पीडा बिर्सी सबै जना हाँसीखुसी निधारमा रातो अक्षता र कानमा पहेँलो जमरा लगाई विभित्र खेलमा रमाउँछन् भत्रे भाव व्यक्त गरिएको छ । चौँथो गजल ‘राम्रो हो’ मा पढलेख गरेर नाम कमाउन र चिल्लो पिरो नखान बालबालिकालाई सुझाव दिएको छ । पाँचौँ गजल ‘पूर्णिमाको जून’ मा जाति, वर्ग, धर्म, भाषा र लिङ्गका आधारमा भेदभाव गरिनु हुँदैन आखिर सबै मानिसका रगत रातै हुन्छ, जन्मभूमि सबैलाई राम्रो लाग्छ भन्दै समाजका विकृति विसङ्गतिलाई ज्योति बनेर हटाउनु पर्छ भत्रे भाव व्यक्त गरिएको छ । छैटौँ गजल ‘स्कुल पढ्न जाऊ’ मा नेपालीहरू आयातित संस्कृतिमा बढी रमाउन थालेको, दक्ष जनशक्ति विदेशिने र बूढा भएका बाबुआमा छोराछोरीको बाटो हेरेर घर रुँघेर बस्नु पर्ने तितो यथार्थ व्यक्त गर्दै विदेशमा नधाउन आव्हान गरिएको छ । सातौँ गजल ‘बगैँचामा हेर्न जाऊँ’ मा एकतामा नै ठूलो बल हुने हुँदा सबैसँग मिलेर काम गर्दा फाइदा हुने र परिश्रमको फल मिठो हुने भाव व्यक्त गरिएको छ । आठौँ गजल ‘यति कुरा जानमा’ सानालाई माया र ठूलालाई सम्मान गर्न, आमाबाबु तथा गुरु नै ईश्वरको रूप हुन् त्यसैले उनीहरूले अह्राएको कुरा मात्र सन्देश दिइएको  छ । नवौँ गजल ‘हाम्रो नेपाल’ मा नेपालको प्राकृतिक सम्पदा र राष्ट्रिय विभुतिप्रति सम्मान प्रकट गर्दै राष्ट्रका निम्ति आवश्यक पर्दा बलदान गर्छौ भत्रे राष्ट्रवादी भाव यसरी व्यक्त गरिएको छ –
    छातीभरि नेपालको माया बोकेका छौं
    देशका निम्ति बत्र परे बन्छौँ हामी ढाल  
    (हाम्रो नेपाल, पृ. ९)
    दसौँ गजल ‘हुर्की बढ्न पाए’ मा पनि स्वदेशको माया र रक्षा गर्ने तथा देशका विरुद्ध आइलाग्ने दुस्मनसँग आफ्नो ज्यानको बाजी लगाएर मुकाविला गर्ने राष्ट्रवादी भाव यसरी अभिव्यक्त गरिएको छ –
    स्वदेशको माया गर्छु रक्षा पनि गर्छु 
    आइलाग्ने दुश्मनलाई पार्छु धुलो –पिठो 
    (हुर्की बढ्न पाए, पृ. १०)
    एघारौँ गजल ‘ठुलो मान्छे’ मा ठूलो मान्छे बत्र धेरै पढ्नु पर्ने र माया प्रेमले नै संसार खुसी हुने भाव व्यक्त गरिएको छ ।  बाह्रौँ गजल ‘पसिनाको फल’ मा ज्ञानरूपी उज्यालोको महŒव दर्शाइएको छ । तेह्रौँ गजल ‘घण्टी बज्यो टिनटिन’ मा स्कुल जाने बेलामा टिफिन नबिर्सन आग्रह गरिएको छ । चौधौँ  गजल ‘छाता’ मा सुरक्षा तथा व्याजका निम्ति बैङ्कका खाता खोल्दा राम्रो हुने सुझाव दिइएको छ । पन्ध्रौँ गजल ‘ऋतुहरू’ मा छवटै ऋतुहरूका विशेषता उल्लेख गर्दै प्रकृतिको चित्रण यसरी गरिएको छ –
    मङ्सिर –पुस हेमन्तमा घाम प्यारो लाग्ने 
    माघ –फागुन शिशिरमा तुसारोले छुन्छ
    (ऋतुहरू, पृ. १५)
    सोरौँ गजल ‘खाऊ फलफूल’ मा हृष्ट–पुष्ट, बलियो स्वस्थ हुन फलफूल खान सुझाव दिइएको छ । सत्रौँ गजल ‘सुन्दर जीवन’ मा २०७२ सालको भुकम्पले गर्दा धेरै जनधनको क्षति भएको कुरा उल्लेख गरिएको छ । अठारौँ गजल ‘भँगेरो’ मा प्रकृतिमा भएका सबै जीवजन्तुहरूको बाँच्न पाउने अधिकार छ, तिनले बाँच्न पाउनु पर्दछ । तिनलाई मार्नु हुँदैन भत्रे मानवतावादी विचार अभिव्यक्त गरिएको छ । उन्नाइसौँ गजल ‘पढ्न मन लाग्छ’ मा ढाट्न, छल्न, चोरी गर्न र खाना फाल्न हुँदैन भत्रे नैतिक सन्देश व्यक्त गरिएको छ । बीसौँ गजल ‘पढीलेखी ज्ञानी बत्रु’ मा बालबालिकाहरूलाई सबेरै उठ्ने, रिस राग नगर्ने, घमण्ड नगर्ने नैतिक सन्देश दिइएको छ । एक्काईसौँ गजल ‘हामी सानाले’ मा दुध घिउ, फलफूल सागसब्जी खानु स्वास्थ्यको लागि लाभदायी हुने भाव व्यक्त गरिएको छ । बाईसौँ गजल ‘रङ्गै रङ्गैको होली’ मा वचनको घाउ कहिल्यै निको हुँदैन त्यसैले सुमधुर बोली बोल्नुपर्छ भत्रे भाव व्यक्त गरिएको छ । साथै यस गजलमा देश किस्ता किस्तामा बेचिँदै छ आवश्यक परे देश बचाउने गोली बत्र पछि हट्नु हुत्र भन्ने राष्ट्रवादी चिन्तन व्यक्त गरिएको छ । तेईसौँ गजल ‘बेसहारा’ मा बाबुआमा नभएको एक बेसहारा केटाले सबै केटाकेटी पढ्न स्कुल गइरहँदा आफू भने गाईगोठमा काम गर्नु परेको र पढ्ने अवसर पाएमा ठूलो मान्छे बत्रे आशा व्यक्त गरिएको छ । चौबीसौँ गजल ‘हाम्रो गाउँ छपिया’ मा छपियाको वर्णन गरिएको छ । पच्चीसौँ गजल ‘पिँजडाकी चरी’ मा पिँजडामा परेकी चरीको बिलौना व्यक्त गर्दै जङ्गलमा रमाउने चराचुरुङ्गीलाई जङ्गलमा नै रमाउन दिनुपर्छ भत्रे मानवतावादी भाव यसरी व्यक्त गरिएको छ –
    मन बुझ्ने मल्हम लाउने छैनन् कोही पनि
    दुःख दिने मान्छे मात्रै, हुन्छन् वरिपरि      
    (पिँजडाकी चरी, पृ. २५)
    छब्बीसौँ गजल ‘आत्मबल’ मा पहाड जस्तै अडिग आत्मबल हुनुपर्दछ, परिश्रमको फल मीठो हुन्छ, यस जगत्मा कोही पनि अजम्बरी छैन त्यसैले कसैसँग रिस राग गर्नु हुँदैन भत्रे सन्देश दिइएको छ । सत्ताइसौँ गजल ‘बगैँचा’ मा प्राकृतिक सौन्दर्यको चित्रण गर्दै खाली खुट्टा नहिँड्न बालबालिकालाई सुझाव दिइएको छ । अठ्ठाइसौँ गजल  ‘तानसेन’ मा तानसेन नगरको दरबार, टुँडीखेल, श्रीनगर जस्ता स्थानको चित्रण गरिएको छ । उनन्तीसौँ गजल ‘हात्ती’ मा हात्तीको लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै तिनको संरक्षण गर्नु पर्छ भत्रे सन्देश दिइएको छ । तीसौँ गजल ‘सुनौलो बिहानी’ मा सादा जीवन नै सुखी जीवन हो र सुखदुःख जीवनको नियमित प्रक्रिया हो भत्रे कुरा व्यक्त गरिएको छ । एकतीसौँ गजल
    ‘सरल बन’ मा इमानदार, सरल, कर्मठ र मृदुभाषी बत्र सुझाव दिइएको छ । बत्तीसौँ गजल ‘भुल्दिन म साथी’ मा मोबाइल, इन्टरनेट, अनावश्यक घुमघाममा समय व्यतीत गर्नुभन्दा पढलेख गर्न र असल साथीको सङ्गत गर्ने सुझाव दिइएको छ । तेत्तीसौँ गजल ‘सानी –सानी नानी’ मा कहिलेकाहीँ मानिसबाट गल्ती हुन सक्छ ती गल्ती गर्नेहरूलाई माफी दिन जान्नुपर्छ इख राख्नु हुँदैन भत्रे सन्देश दिइएको छ । चांैतीसौँ गजल ‘राम्रो बानी’ मा खाना खानुअघि हात धुन, समयसमयमा पानी प्युन, बिहानबेलुका दाँत माझ्न, आपसमा साथीभाइसँग मिल्न सन्देश दिइएको छ । पैँतीसौँ गजल ‘नर्स दिदी’ मा नर्सको गुणगान गाइएको छ ।  छतीसौँ गजल ‘माहुरी’ मा माहुरीको श्रमको प्रशंसा गरिएको छ । सैंतीसौँ गजल ‘सुधारौँ बानी’ मा सफा पानी प्युन, नुहाइ धुवाइ गरेर सुकिलो बत्र, समयमा सुत्न र समयमा उठ्न तथा सत्कर्म गर्ने सन्देश दिइएको छ । अड्तीसौँ गजल ‘जून पोखियो’ मा कर्ममा दत्तचित्त भएर लाग्ने मान्छे नै लक्ष्यमा पुग्छ भत्रे भाव रहेको छ । उनन्चालीसौँ गजल ‘बूद राना’ मा वरिष्ठ गजलकार बूँद रानाको प्रशंसा गरिएको छ । चालीसौँ गजल ‘जस्तो कर्म ग¥यो उस्तै फल’ मा कर्मअनुसारको फल पाइने, निरन्तर परिश्रम गर्ने मानिस नै सफलताको सिंढी चढ्न सफल हुने, समस्या आइपरेमा कहिले नआतिई समाधान खोज्नतिर लाग्नु पर्ने सन्देश दिइएको छ । एकचालीसौँ गजल ‘पढेलेखे खुरुखुरु’ मा अर्काको कुरा काट्ने होइन आफ्नो उद्देश्यमा केन्द्रित हुन सुझाव दिइएको छ । बयालीसौँ गजल ‘के का लागि कुन ठाउँ प्रसिद्ध ?’ मा नेपालका इलाम, झापा, चितवन, भक्तपुर, कास्की, बैतडी, खोकना, ठिमी, हुम्लाका खास विशेषता औँल्याइएको छ । त्रिचालीसौँ गजल ‘घडी’ मा समयको महŒव दर्शाएको छ । चवालीसौँ गजल ‘जाँगरिलो’ मा उद्यम र परिश्रम गर्न सुझाव दिइएको छ । पैतालीसौँ गजल ‘गुडिया रानी’ मा आमा नै ममताकी खानी हुन् र जीवन घामछाया हो भत्रे भाव व्यक्त गरिएको छ । छयालीसौँ गजल ‘समय हो गुरु’ मा मिहिनेत गरी अगाडि बढ्न, कोही कसैलाई हेला नगर्न र ढाँट्ने छल्ने नगर्ने सन्देश दिइएको छ । सरचालीसौँ गजल ‘कुरा गर्छन भाँती’ मा आफ्नो काम कहिल्यै भोलिका लागि नसाँध्न बालबालिकालाई सन्देश दिइएको छ । अड्चालीसौँ गजल ‘सत्कार गर्छु’ मा अतिथिको सत्कार गर्नु पर्छ भत्रे भाव अभिव्यक्त गरिएको छ ।
    सुरज घिमिरे दीपशिखाको पूर्णिमाको जून बालगजलसङ्ग्रहमा राष्ट्रप्रेम, प्रकृतिप्रेम, मानवतावादी चिन्तन, नैतिक सन्देश, पठनपाठनको महŒव, समयको महŒव, स्वास्थको महŒव आदि कुराहरू गजलका मुख्य विषयवस्तु रहेका छन् । यसबाट बालबालिकाहरूले उल्लिखित विषयवस्तुहरूको बारेमा जानकारी हासिल गरी नैतिकवान, चरित्रवान, देशप्रेमको भावनाको विकास गर्न यो कृति सफल देखिन्छ । गजलमा अभिव्यक्त भएको भावलाई थप प्रकाश पार्न चित्रका माध्यमबाट सहयोग पुगेको छ । प्रत्येक गजलका अन्तमा प्रकाशन मिति, स्थान र गजलका सूत्र उल्लेख गरिएको छ । गजलमा रदिफ, काफिया र ठाउँठाउँमा तख्खलुसको प्रयोग गरिएको छ । विभित्र किसिमका विम्ब, प्रतीकको कुशल संयोजन गरिनुका साथै उपमा, दृष्टान्त आदि अलङ्कारको प्रयोग गरिएको छ । नौ वर्ष र त्यसभन्दा माथिका बालबालिकाका लागि लक्षित गरी लेखिएको यस गजलमा सरल र सहज भाषाशैलीको प्रयोग गरिएको छ । कुनै कुनै गजलमा प्रसङ्गहीन सेरहरू हुनु, भावहरू दोहोरिनु आदि जस्ता झिनामसिना कमिकमजोरी भए पनि प्रस्तुत गजलसङ्ग्रह बालबालिकाहरूका निम्ति पठनीय र सङ्ग्रहणीय रहेको छ । सर्जकबाट निरन्तर यस्ता साहित्यिक कृतिहरू सृजना भइरहोस् भत्रे शुभकामना व्यक्त गर्दछु ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.