एलिना अचार्य
भैरहवा, १७ असार । लियो जिल्ला परिषद ३२५ पि नेपालद्वारा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । रगतको अभाव भएका कारण रगतको पर्याप्त उपलब्धताको निमित्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष देवी प्रसाद पङ्गेनीले लियो क्लबले सदैब समाजलाई सकारात्मक प्रभाव पार्ने काम गरेको बताउँदै आगामी दिनमा क्लबको समन्वयमा काम गर्ने प्रतिवद्वता व्यक्त गरका थिए ।
भारी वर्षाका वावजुद ८० पोईन्ट रगत संकलन गरी जिल्ला परिषद् ३२५पि नेपालको ०२३।२४ कार्यकालको शुभारम्भ गर्न सफल भएको कार्यक्रम संयोजक लियो रबिन जोशी बताएका छन् ।
कार्यक्रममा वडाका अन्य जनप्रतिनिधि, लायन्सका विभिन्न तहमा रहनु भएका लायन्स प्रतिनिधि र लियो जिल्ला परिषद, जेसिआई सिद्धार्थ, नेपाल स्वयंसेवी रक्तदाता समाजका प्रतिनिधिको उल्लेखनीय सहभागीता रहेको कार्यक्रमको सभाध्यक्ष लियो सुमन अधिकारी रहेका थिए ।