logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    पृथ्वी चन्द्र अस्पतालका डाक्टरले विरामीलाई उपचार नगरी घर फर्काए


    १७ असार २०८० , आइतबार

    पृथ्वी चन्द्र अस्पतालका डाक्टरले विरामीलाई उपचार नगरी घर फर्काए

    ज्ञानेश्वर सहानी
    नवलपरासी, १६ असार । पश्चिम नवलपरासीको पृथ्वीचन्द्र अस्पतालका डाक्टर विवश पराजुलीले एक विरामीलाई उचार नगरी घर फर्काएका छन् ।
    नवलपरासी जिल्ला स्थित रहेको पृथ्वीचन्द्र अस्पतालमा उचार गराउन जाँदा उपचार नगरी उल्टै विरामीलाई डाक्टरले दुव्र्यवहार गरी घर फर्काएको विरामीले बताएका छन् ।
    विरामीका अनुसार पृथ्वीचन्द्र अस्पतालमा ओ.पि.डि.टिकट लिई १३ नम्बर कोठामा नाक, कान, घाटी रोग विशेषज्ञ डाक्टर संग उपचार गराउन एक जना संग कुरा गरी रहेको बेला पुग्दा तपाई अहिले बाहिर जानु रिसाएर भने पछि विरामीलाई नराम्रो दुव्र्यवहार महसुस भएपछि घर फर्काएका छन् ।
    अस्पतालका अध्यक्ष महेन्द्र गुप्ता संग गुनासो गरेपछि उनले भने जानु डाक्टरले उपचार गर्छन मैले भने छु भने पछि उक्त डाक्टर संग उचार गराउन जाँदा उपचार गर्न छाडी उल्टै नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर विवशले विरामीलाई थर्काएको विरामीले बताएको छ ।
    परासी सदरमुकाम स्थित पृथ्वीचन्द्र प्रादेशिक अस्पतालका डाक्टर विवश पराजुलीले विरामीलाई भने तिमी अध्यक्ष संग मेरो गुनासो गरे छाँै भन्दै चेकजाँच (उपचार) नगरी विरामीलाई बाहिर निकाले पछि सर किन उपचार गर्नु हुन्न विरामीले भनेपछि बाहिर जाउँ तिमीले जे जे गर्न मन लाग्छ गर भन्दै पृथ्वीचन्द्र अस्पतालका डाक्टर विवश पराजुलीले विरामीलाई उपचार नगरी घर पठाएको विरामीका अभिभावक रामकरन हरिजनले बताएका छन् ।
    हरिजनले भने अस्पतालका अध्यक्ष महेन्द्र गुप्ताले विरामीलाई उपचार गर्न भने पनि नाक, कान, घाँटी विशेषज्ञ डाक्टर विवश पराजुलीले उपचार नगरी विरामी चेकजाँच गर्ने कार्यकक्षबाट बाहिर निकाली घर फर्काए ।
    पृथ्वीचन्द्र अस्पतालका डाक्टरको लापरवाहिले गर्दा प्रत्येक वर्ष पृथ्वीचन्द्र अस्पताल भित्र विरामीहरुले ज्यान गुमाउदै आएका छन ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.