अन्जना चौहान
लुम्बिनी, १६ असार । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको आयोजनामा नगरका मेलमिलापकर्ताहरु ३ दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ ।
स्थानीय तहमा रहेको न्यायिक समितिका पदाधिकारी तथा सम्बन्धित कर्मचारीहरुको लागि न्याय सम्बन्धी ३ दिने क्षमता अभिवृद्धि तालिम असार १३ गतेदेखि सुरु भई १५ गते शुक्रवार सम्पन्न भएको छ ।
यो तालिमबाट स्थानीय तहमा रहेका न्यायिक समितिका पदाधिकारी तथा कर्मचारीहरु न्याय सम्बन्धि नेपालको संविधान र कानुन अनुसार मुद्दालाई कसरी मिलाई न्याय दिने भन्ने विषयमा तालिम संचालन गरिएको आयोजक स्रोतले जनाएको छ ।
तालिम कार्यक्रम लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको अध्यक्षतामा संचालन गरिएको थियो भने प्रमुख अतिथि माननीय जिल्ला न्यायधीश डा.प्रकाश उप्रेती, कृष्णजङ्ग शाह, तिलक बहादुर कार्की र विष्णु प्रसाद रेग्मी रहेको आयोजक स्रोतले जनाएको छ ।
कार्यक्रमका विशिष्ट अतिथ्यता तथा लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवाली को शुभ कामनाका मन्तव्य साथै तालिमको औचित्य तथा महत्व बारे प्रकाश पार्दै कार्यक्रम शुभारम्भ भएको थियो ।
कार्यक्रममा प्रशिक्षकको रुपमा अधिवक्ता शेषमन यादव र सुनील कुमार त्रिपाठीले गरेका थिए भने न्यायिक शाखा प्रमुख लिलाधर बस्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।