logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    श्री गोरखदल गणबाटअभ्यास हातेमालो ५ संचालन


    १८ असार २०८० , सोमबार

    श्री गोरखदल गणबाटअभ्यास हातेमालो ५ संचालन

    ज्ञानेश्वर सहानी 

    नवलपरासी, १८ असार । पश्चिम नवलपरासीमा मनसुनका कारण हुने क्षति न्युनिकरणका लागी आज पश्चिम नवलपरासीको श्री गोरख दलको सभाहालमा विपद् जोखिमको पूर्व तयारी स्वरुप अभ्यास हातेमालो (५ संचालन अभ्यास सुरु गरिएको छ ।

    नेपाली सेनाको गोरखदल गण परासीको आयोजनामा तिनै तहका सुरक्षा निकायले डुबानमा परेकाहरुको कसरी तत्कालै उद्दार गरी जनधनको क्षति बाट बचाउने भन्ने बारे पूर्व तयारी अभ्यास सुरु गरेका छ । घरायसी प्रयोगका सामगी्र मार्फत पनि बाढीमा डुब्न बाट कसरी बच्न सकिन्छ भन्ने बारे पनि नेपाली सेनाको अभ्यास टोलीले स्थानियहरुलाई जानकारी गराउने तयारी गरेको छ।

    बाढी र डुबानको जोखिमका हिसाबले ७७ जिल्ला मध्ये १७ औँ स्थानमा रहेको पश्चिम नवलपरासीमा हरेक वर्ष वर्षायाममा ठुलो जनधनको क्षति हुदै आएकाले स्थानियलाई समेत सचेत गराउन विपद् प्रतिकार्य अभ्यास गरिएको प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले जानकारी दिनुभयो । विशेष गरी स्थानिय तहलाई विपद्को समयमा हुने जोखिम न्युनिकरणका लागि सुरक्षा निकायसँग आपसी समन्वय बढाई जनचेतनाका कार्यक्रम सञ्चालन गर्न पनि प्रतिकार्य अभ्यास मार्फत आग्रह गरिएको छ ।

    ठूलै विपद् आइलागेको जस्तो गरि गरिएको प्रयोगात्मक अभ्यास बाट सुरक्षा निकायलाई राहत र उद्दारका लागि सिकाइ हुने र आगामी दिनमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा थप निखार आउने प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले बताउनुभयो ।

    कार्यक्रममा नेपाली सेना , नेपाल प्रहरी , सशस्त्र प्रहरी, योगदान राष्ट्रको लागि , नेपाल स्काउट , ल्ऋऋ , रोटरी क्लब , नेपाल रेडक्रस लगायतको सहभागिता मा अभ्यास सुरु गरेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.