पशुपति यादव
रोहिणी, १८ असार । रोट्रेक्ट क्लव अफ सेन्ट्रल रोहिणीको आयोजनामा रोहिणी सांस्कृतिक मेला महोत्सवको आज साझाँ पाँच बजे उद्घाटन हुने आयोजकले जनाएको छ ।
यो क्लबले रोहिणी क्षेत्रको पहिचान दिलाउने उद्देश्यले सांस्कृतिक महोत्सवको आयोजना गरिएको आयोजकले बताएका थिए ।
न्यू एम.के साउण्डको व्यवस्थापनमा हुन लागेको सांस्कृतिक महोत्सवमा नेपाल र भारतका ख्याति प्राप्त प्रख्यात कलाकारको प्रस्तुति रहने रोटे«क्ट क्लब अफ सेन्ट्रल रोहिणीका अध्यक्ष रामकृष्ण बरालले जानकारी दिएका थिए । असारको रोपाईबाट थाकेर घर फर्केका किसानलाई रमाईलो गराउने हेतुले साझाँमा महोत्सव सुरु हुनेछ । असार महिनाको झरीले पानी महोत्सवको कार्यक्रमलाई असर पुर्याउने छैन बरालको भनाई रहेको थियो ।
सांस्कृतिक महोत्सवमा नेपाली कलाकार ज्योति मगर, प्रमोद जख्मी, प्रिति अलेको बेजोड प्रस्तुति रहनेछ भने भारतीय कलाकार रम्पत हरामी, खेसारीलाल समेतको प्रस्तुतिको साथै एलिज ग्रुप सोननी गु्रपिङ् डान्सको प्रस्तुति हुने बरालले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । सांस्कृतिक महोत्सवमा तिन दिवसीय नेपाल र भारतीय पहलवानको विच दङ्गल कुस्ती प्रतियोगिता हुने उनको भनाई रहेको थियो ।
सांस्कृतिक महोत्सवमा ४० वटा स्टल राख्ने, बाल उद्यान, पनि राख्ने प्रवेश शुल्क एक सय रुपैयाँ तोकिएको छ । विद्यार्थीलाई ५० प्रतिशतको छुटको व्यवस्था रहेको क्लबका कोषाध्यक्ष हसामु अलिले बताएका थिए ।
यस महोत्सवमा करिव २० लाख खर्च हुने , सबै व्यवस्थापन न्यू एम.के साउण्ड सिस्टमले गर्ने बताएका थिए ।
सामाजिक सञ्जालमा गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम हुन गइरहेको हल्ला गरिएको सुनिन्छ । हामी क्लबको सदस्यले कुनै सरकारी निकायबाट आर्थिक सहयोग लिएका छैनौ उनले भने गाउँपालिकामा कार्यक्रम गरिएकोले स्थानीय सरकारलाई संरक्षक राखेका छौँ । यसलाई भ्रमात्मक रुपमा प्रदुषण प्रचार प्रसार गराइयो ।
असार १८ गतेदेखि प्रथम रोहिणी सांस्कृतिक मेला महोत्सव १३ दिन सम्म चल्ने महोत्सव कार्यक्रमको उद्घाटन आज सोमवार साझाँ ५ बजे प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले गर्ने रोट्रेक्ट क्लब अफ सेन्ट्रल रोहिणीका सचिव इमरान खानले जानकारी दिए ।