logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    सिद्धार्थनगर ‘ग्रिन’ अभियान ः वितरण हुँदै विरुवा


    २० असार २०८० , बुधबार

    सिद्धार्थनगर ‘ग्रिन’ अभियान ः वितरण हुँदै विरुवा

    भैरहवा,  असार । सिद्धार्थनगर नगरपालिकाको कार्यालयले नगरवासीहरुलाई विरुवा वितरण कार्य सुरु गरेको छ । नगरलाई ‘क्लिन’, ‘ग्रिन’ एण्ड ‘इको फ्रेन्डली’ बनाउने अभियान अन्र्तगत नगरपालिकाको कार्यालयले मंगलबारबाट नगरवासीहरुलाई विरुवा वितरण सुरु गरेको हो ।

    वर्षा सुरु भए पश्चात ७५ प्रतिशत अनुदानमा विभिन्न प्रकृतिका चार हजार चार सय फलफुलका विरुवा वितरण कार्य सुरु गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।

    नगपालिकाको कृषि शाखा प्रमुख योगेन्द्र प्रसाद यादवका अनुसार आँपको अमरपाली, दशहरी, माल्दा, बम्बईया प्रजाती, लिची, अनार, कटहर, अम्बा, अमला र एभोकाडोको विरुवा वितरण भइरहेको छ । उनले पहिलो दिन २ सय ७० जना नगरवासीले विभिन्न प्रजातीका विभिन्न विरुवा अनुदानमा लगेको बताए ।

    ‘वर्षायाम सुरु भएपछि वृक्षारोपणका लागि हामीले फलफुलका विरुवा वितरण गरेका हौँ’ सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खानले भने, ‘यसपछि नगरपालिकाको कार्यालयबाट पनि नगरमा वृक्षारोपण गर्ने तयारी छ । जसका लागि हामीले विरुवा पनि ल्याएर राखिसकेका छौँ ।’

    उनले नगरलाई ‘क्लिन’, ‘ग्रिन’ एण्ड ‘इको फ्रेन्डली’ बनाउनका लागि विरुवा वितरण गरिरहेको र वृक्षारोपण गर्ने तयारी गरेको बताए ।

    ‘नगरलाई हरियाली बनाउनका लागि हाम्रो एकल प्रयासले मात्र हुदैन’ उनले भने, ‘नगरवासीहरुले पनि नगरका विभिन्न स्थानमा स्वतस्र्फूत रुपमा वृक्षारोपण गर्नुपर्छ । वृक्षारोपणले नगर सुन्दर हुनुका साथै यस क्षेत्रको बढ्दो तापक्रमलाई घटाउनमा पनि मद्दत पुग्नेछ ।’

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.