logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    कोटहीमाई गाउँपालिकाका ईन्जिनियर घुस सहित पक्राउ


    २१ असार २०८० , बिहिबार

    कोटहीमाई गाउँपालिकाका ईन्जिनियर घुस सहित पक्राउ
    असलम खान
    मर्चवार , असार । रुपन्देहीको कोटहीमाई गाउँपालिकाका ईन्जिनियरलाई घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। आयोगका प्रवक्ताका अनुसार कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवले कोटहीमाई गाउँपालिका वडा नं।
    ७ अन्तर्गतको सडक पिसिसि र ग्रावेल गर्ने कार्यको नापजाँच पश्चात भुक्तानी दिनका लागि सेवाग्राही संग घुस मागेका र घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले इन्जिनियर यादवलाई ४५ हजार रुपैया घुस लिइसकेको अवस्थामा उक्त रकम सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रवक्ताले बताए।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.