रुविना थापा
भैरहवा, २२ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
सार्वजनिक नतिजा अनुसार रुपन्देहीमा यो वर्षको एसईईमा ४ जिपिए ल्याउनेको संख्या शून्य भएको छ । २०७९ साल चैत १९–२९ गते सम्म सञ्चालन भएको एसईई परीक्षामा नेपाल भरबाट ४ लाख ८५ हजार ३ सय ९६ परीक्षार्थी सम्मिलित भएका थिए ।
रुपन्देहीबाट एसईई परीक्षामा १७ हजार ९ सय १५ जना परीक्षार्थी सम्मिलित थिए । जसमा ०.८ भन्दा माथि १.२ भन्दा कम जिपिए ल्याउने विद्यार्थीहरुको संख्या १८५ रहेको छ । १.२ भन्दा माथि १.६ भन्दा कम जिपिए ल्याउने विद्यार्थीहरुको संख्या १९९७ रहेको छ । त्यस्तै १.६ भन्दा माथि २.० भन्दा कम जिपिए ल्याउने विद्यार्थीहरुको संख्या ३३ सय ४६ जना छ ।
२.० भन्दा माथि २.४ भन्दा कम जीपीए ल्याउनेको संख्या ३१ सय ५४ जना रहेको छ । २.४ भन्दा माथि २.८ कम जिपिए ल्याउने विद्यार्थीहरुको संख्या ३२३७ रहेको छ । २.८ माथि ३.२ भन्दा कम जिपिए ल्याने विद्यार्थीहरुको संख्या ३२२४ रहेको छ । ३.२ भन्दा माथि ३.६ भन्दा कम जिपिए ल्याउने विद्यार्थीहरुको संख्या १९५८ रहेको छ । ३.६ भन्दा माथि ४ भन्दा कम जिपिए ल्याउने विद्यार्थीहरुको संख्या ६१३ रहेको छ ।
४.० जिपिए ल्याउने विद्यार्थीहरुको संख्या शून्य रहेको जिल्ला शिक्षा समन्वय एकाइले जनाएको छ ।