logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    रामग्राम नगरपालिका द्वारा ३० लाख भन्दा बढी बिजुली बिल तिर्नु बाकी


    २४ असार २०८० , आइतबार

    रामग्राम नगरपालिका द्वारा ३० लाख भन्दा बढी बिजुली बिल तिर्नु बाकी

     

    ज्ञानेश्वर सहानी
    नवलपरासी , २४ असार । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले ३० लाख भन्दा बढी को नेपाल विद्युत प्राधिकरणलाई बिल तिर्नु पर्ने छ ।
    समान्य ब्यक्तिको ५ देखि १० हजार रुपैया बक्यौता भएपछि नेपाल विद्युतका कर्मचारीहरु विद्युत काट दिन्छन तर सरकारी कार्यालयहरुमा लाखौं रुपैया वर्षौं देखि बाकी रहेको छ तर विद्युतका कर्मचारीहरुले सरकारी कार्यालयको लाईन काटने हिम्मत छैन स्थानियहरुले भने ।
    रामग्राम नगरपालिकाको कार्यालय र उक्त पालिका भित्र रहेका सडक बत्ती अमरबन सवास्थ्य चौकी समेत विद्युत खपत वापतको रकम नेपाल विद्युत प्राधिकरणलाई बुझाउनु पर्ने ३० लाख भन्दा बढी अहिले सम्म बाकी रहेको छ नेपाल विद्युत प्राधिकरण परासीका प्रमुख राम प्रमोद शाहले बताए ।
    उनले भने अमरवन स्वास्थ्य चौकी समेतलाई पटक पटक बक्यौता रकम चुक्ता गर्न पत्राचार गरे पनि अहिले सम्म रकम चुकता गरेको छैन ।रामग्राम नगरपालिका वडा नं १८ स्थित रहेको अमरवन स्वास्थ्य चौकीलाई पनि बक्यौता रकम चुक्ता गर्न पत्राचार गरेको तर अहिले सम्म जम्मा गर्न ल्याएको छैन । जनप्रतिनिधि र कर्मचारीको कार्यालयको लाई काटन सकिन्न विद्युत कार्यालयका प्रमुख शाहले भने अमरवन स्वास्थ्य चौकीको लाईन यदि हामीहरुले काटयो भने खोप लगाउने औषधीहरु नष्ट हुन्छ त्यही भएर लाईन काटन सकेका छैनौं ।
    कार्यालय प्रमुख राम प्रमोद शाहले भने जनप्रतिनिधि र सरकारी कार्यालयको तुलनामा मध्यम र गरीब वर्गका समुदायले विल अनुसारको रकम समयमा भुक्तानी गर्छन ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.