logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    हस्पिटालिटी शिक्षाको रोजाईमा भैरहवाका कलेजहरु


    २९ असार २०८० , शुक्रबार

    हस्पिटालिटी शिक्षाको रोजाईमा भैरहवाका कलेजहरु

    साइ ग्लोवल , न्यू इरा, सनसाइन र काशी नोवल एकेडेमी विद्यार्थीको रोजाईमा
    प्रतिक पौडेल
    भैरहवा, २९ असार । नेपालको पुरानो शहर भैरहव महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशनगरी हो । विकास र पुर्वाधारमा सवल नगरको रुपमा अगाडी बढदै गरेको यो शहरको गरिमा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलले उचो बनाएको छ । स्वदेशी तथा विदेशीहरुको गन्तव्य भनेको यो शहरमा पर्यटन प्रचुर सम्भावनाको केन्द्र हो । नेपालमा सवैभन्दा धेरै पैदल मार्गबाट पर्यटक भित्रिने बेलहिया मार्ग पनि यहि पर्ने भएकाले यसको राज्यले यसक्षेत्रलाई महत्वका साथ हेर्ने गरेको पर्यटन व्यवसायीहरु बताउने गरेका छन् । पश्चिम तर्फ महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पुर्व तर्फ बुद्धले शान्ति स्थापना गरेको रोहिणी नदिले पनि यो शहरलाई पर्यटनको महत्वपुर्ण क्षेत्रमा रुपमा हेर्ने गरिएको सिद्धार्थ होटल एशोसियशन रुपन्देहीले जनाएको छ । बुद्धको महत्वपुर्ण स्थल अस्तधातु राखेको स्थल रामग्राम, बुद्धमावली देवदह र लुम्बिनी बौद्ध विश्वविद्यालय समेत भैरहवाको पेरिफेरीमा पर्ने भएकाले यो शहरलाई पर्यटक आउने प्रमुख शहरको रुपमा परिभाषित गर्न सकिने स्थानीय पर्यटन व्यवसायीहरुको भनाई रहेको छ । यातायात तथा हवाई सुविधाले सम्पन्न भएको यो शहरमा अतिथि देवो भवको विकास गर्न सकिए पर्यटन क्षेत्रको विकासमा राम्रो प्रभाव पार्न सकिने पर्यटन विज्ञहरु बताउँछन् । पर्यटन मार्ग र पर्यटन बजारको सम्भावना बोकेको भैरहवालाई व्यवसायी रुपमा अगाडी बढाउनका लागि विभिन्न कलेजहरुले जनशक्ती उत्पादनमा सहयोग पुराएका छन् । पछिल्लो समयमा भैरहवाका उत्कृष्ट विद्यालय तथा कलेजहरुले होटल व्यवस्थापन तथा आतिथ्य सत्कार (हस्पिटालिटी) शिक्षालाई महत्वका साथ पढाउने गरेका छन् । सबै प्रकारका विद्यार्थीका लागि यो विषय उपयुक्त बन्दै आएको छ ।
    भैरहवामा रहेको शैक्षिक संस्थाहरु साइ ग्लोवल एकेडेमी, सनसाइन माध्यमिक बिद्यालय तथा कलेज र काशी नोवल एकेडमीले होटल ब्यवस्थापन तथा आतिथ्य सत्कार (हस्पिटालिटी) शिक्षा पढाउदै आएका छन्
    भैरहवा क्षेत्रमा होटल ब्यवस्थापन तथा आतिथ्य सत्कार (हस्पिटालिटी) शिक्षा शुरु गर्ने संस्था पहिलो संस्था साइ ग्लोवल एकेडेमी हो । साइ ग्लोवलले १० बर्ष अगाडी यस क्षेत्रमै पहिलो पटक होटल ब्यवस्थापन तथा आतिथ्य सत्कार (हस्पिटालिटी) शिक्षा संचालनमा ल्याएको एकेडेमीका प्रवन्धक निर्देशक मोति पौडेलले बताउँछन । एकेडमीले हाल सम्म करिव ४ सय बिद्यार्थी होटल ब्यवस्थापन तथा आतिथ्य सत्कार (हस्पिटालिटी) क्षेत्रमा उत्पादन गरिसकेको एकेडेमीका प्राचार्य कौशल राज गौतमले बताए ।
    यस्तै भैरहवा क्षेत्रकै पुरानो निजी शैक्षिक संस्था सनसाइन माध्यमिक बिद्यालयले अहिले कक्षा ११ र १२ मा होटल ब्यवस्थापन तथा आतिथ्य सत्कार (हस्पिटालिटी) शिक्षालाई प्राथमिकता दिएर पढाउन थालेको छ । बिद्यालयले सुविधा सम्पन्न प्रयोगशाला बनाएर बिद्यार्थीहरुलाई होटल ब्यवस्थापन तथा आतिथ्य सत्कार (हस्पिटालिटी)को ब्यवहारिक शिक्षा प्रदान गर्ने गरेको छ । उक्त प्रयोगशालामा बिद्यार्थीहरु दैनिक रुपमा खानाका परिकारहरु बनाउने, त्यसलाई होटलमा आउने ग्राहक माझ प्रस्तुत गर्ने, बोल्ने शैलि सिक्ने सिकाउने गरेका छन् । सनसाइनमा हाल ३५ जना बिद्यार्थी होटल ब्यवस्थापन तथा आतिथ्य सत्कार (हस्पिटालिटी) शिक्षामा अध्ययनरत रहेको विद्यालयका सञ्चालक निकेश हटुवालले बताए ।
    सनसाइन मात्र होइन अहिले भैरहवाका अन्य शैक्षिक संस्थाहरुले पनि प्लस टु मा होटल ब्यवस्थापन तथा आतिथ्य सत्कार (हस्पिटालिटी) शिक्षालाई प्राथमिकतामा राख्न शुरु गरेका छन् । जसमध्य एक हो भैरहवाको अर्को शैक्षिक संस्था काशी नोवल एकेडेमी । काशीले त भैरहवामा रहेको द ग्रान्ड किचन रेष्टुरेन्टमा बिद्यार्थीहरुलाई लगेर ब्यवहारिक शिक्षा समेत दिने गरेको छ । काशीले बिसं २०७९ साल देखि होटल ब्यवस्थापन तथा आतिथ्य सत्कार (हस्पिटालिटी) शिक्षा शुरु गरेको हो । एकेडेमीमा अहिले २६ जना बिद्यार्थी होटल ब्यवस्थापन तथा आतिथ्य सत्कार (हस्पिटालिटी) शिक्षामा अध्ययनरत छन् । एकेडेमीले यस बर्ष यस बिषयमा करिव ४० जना बिद्यार्थी भर्ना गर्ने तयारि गरेको प्राचर्य राजेन्द्र घिमिरेले बताए ।
    भैरहवा क्षेत्रमा होटल ब्यवस्थापन तथा आतिथ्य सत्कार (हस्पिटालिटी) शिक्षालाई प्राथमिकता दिएर संचालनमा ल्याएपछि यहाँका बिद्यार्थीहरु पनि पर्यटनक्षेत्रमा आफुहरुले राम्रो गर्न सक्नेमा बिश्वस्त देखिन्छन् ।
    न्यू इरा माध्यामिक विद्यालयले पनि होटल ब्यवस्थापन तथा आतिथ्य सत्कार (हस्पिटालिटी) शिक्षालाई प्राथामिकताका साथ पढाउदै आएको छ । गुणस्तर शिक्षा प्रदान गर्ने उक्त विद्यालयले कक्षा ११ र १२ मा होटल ब्यवस्थापन तथा आतिथ्य सत्कार (हस्पिटालिटी) शिक्षा पाउदै आएको विद्यालयका प्राचार्य कुन्ति देवि सेनले जानकारी दिए ।
    होटल ब्यवस्थापन तथा आतिथ्य सत्कार (हस्पिटालिटी) प्राविधिक विषय हो । पर्यटकलाई आतिथ्य सत्कार गर्ने, खुवाउने, बसोबासको बन्दोबस्त मिलाउन सिकाइने शिक्षा हो । पर्यटकलाई मुस्कानसहित सत्कार गरेर रमाइलो वातावरणमा बिदाई गर्नेसम्म सिकाउने शिक्षा होटल म्यानेजमेन्ट हो । नपढेकाले पनि होटल चलाउन सक्छन् । तर जसले पढेर होटल क्षेत्रमा काम गर्छ उसले दिने सेवामा धेरै फरक हुन्छ । गुणस्तरीय खाना बनाउने क्षमता पनि पढेकासँग हुन्छ । त्यसैले होटल र हस्पिटालिटी क्षेत्रमा काम गर्न चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षामा अझै थप प्राथमिकता दिन सके यस क्षेत्रमा चाहिने जनशक्ती यसै क्षेत्रका शैक्षिक संस्थाहरु बाट उत्पादन हुन सक्ने देखिन्छ । भैरहवा क्षेत्रमा पाँच तारे होटलहरु पनि सन्चालन भईरहेका छन । भैरहवाको पर्यटकिय संभावनालाई ध्यान दिदै दर्जनौ तारे होटल निर्माणाधिन छन् । होटल ब्यवस्थापन तथा आतिथ्य सत्कार (हस्पिटालिटी) पढेका विद्यार्थीहरुले जागिरको अवसर पनि छिट्टै पाउने देखिन्छ । भैरहवा क्षेत्रमा होटल व्यवस्थापन मात्र नभएर टुर एण्ड ट्राभल शिक्षालाई समेत प्राथामिकतामा राखेर प्रध्यापन गराउनुपर्ने देखिन्छ । यहाँको पर्यटनलाई दिगो र प्रभावकारी बनाउनका लागि पर्यटन शिक्षा महत्वपुर्ण छ । यहाँ जनशक्ती उत्पादनमा मात्र नभएर पर्यटन व्यवसायीहरुलाई समेत पर्यटन शिक्षा अति आवश्यक छ । यसका लागि राज्यले विशेस पहल गर्नु पर्दछ । सरकारी क्षेत्रबाट भैरहवालाई पर्यटन शहरको रुपमा घोषण गरि पर्यटन पुर्वाधार तथा शहरको विकास गर्न जरुरी छ । जसले रोजगार श्रृजना गर्नुका साथै व्यवसायीहरुको संरक्षण गर्दछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.