logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    साइग्लोबलको कक्षा ११ मा भर्नाका लागि ५११ ले दिए प्रवेश परीक्षा


    २९ असार २०८० , शुक्रबार

    साइग्लोबलको कक्षा ११ मा भर्नाका लागि ५११ ले दिए प्रवेश परीक्षा

    रुविना थापा
    भैरहवा, २९ असार । जिल्लाको सदरमुकाम भैरहवा स्थितित उत्कृष्ट परिचय बनाएको साइग्लोबल मा.वि.को कक्षा ११ मा भर्नाका लागि ५११ नयाँ विद्यार्थीले प्रबेश परीक्षा दिएका छन् ।
    कुल ५११ मध्य विज्ञान संकायमा २१५ र व्यवस्थापन संकायमा २९६ ले प्रबेश परिक्षा दिएको विद्यालयको भर्ना शाखाले जनाएको छ ।
    भर्खरै प्रकाशित एसईई नतिजामा उत्कृष्ट नतिजा प्राप्त गरेका विद्यार्थीहरु उक्त कलेजको प्रवेष परिक्षामा सहभागी भई कक्षा ११ मा भर्ना हुनका लागि आतुर रहेकाले प्रवेश परीक्षा सञ्चालन  गरेको बिद्यालय प्रशासनले जनाएको छ ।
    प्रवेष परीक्षामा उत्तीर्ण गरेका ५११ मध्य विज्ञान र व्यवस्थापन भर्ना हुने साइग्लोबल कलेजको सूचना शाखाले जानकारी दिएको छ ।
    व्यवस्थापन संकाय र विज्ञान संकायमा प्रध्यापन गराउने साईग्लोबल विद्यालय भैरहवाको उत्कृष्ट विद्यालय भित्र पर्दछ । यस कलेजमा हाल उत्तरमा बुटवलबाट, पश्चिमा लुम्बिनी कपिलवस्तु देखि, पुर्वमा परासी, दक्षिणमा बेलहिया, मर्चवार र भैरहवा क्षेत्रका विद्यार्थीहरु अध्ययन गर्न आउने गरेको संस्थाका प्रवन्धक निर्देशक मोती पौडेलले जानकारी दिए ।
    यस क्षेत्रमा निरन्तर शिक्षाका गुणस्तर प्रदान गर्दै आईरहेको यस विद्यालयले आगामी दिनमा थप गुणस्तर प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको विद्यालयका प्राचार्य कौशलराज गौतमले बताए । प्रार्चाय गौतमले विद्यार्थीको रोजाईमा परेका कारणले पनि अहिले आफुहरुले सख्यात्मक भन्दा गुणस्तरलाई ध्यान दिएको जानकारी दिए ।
    स्नातक तहको समेत प्रध्यापन हुने साईग्लोवल भैरहवा क्षेत्रको शैक्षिक हवको विकासमा महत्वपुर्ण भुमिका खेलेको छ । त्यसैले पनि यहाँ अधिक सख्यामा विद्यार्थीहरु भर्ना हुन आउने गरेका छन् ।

     

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.