logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    एसईई २०७९को नतिजामा हिलेरियस चिल्ड्रेन एकेडेमीका राहुल र राजन नगर प्रथम र द्वितीय


    ३१ असार २०८० , आइतबार

    एसईई २०७९को नतिजामा हिलेरियस चिल्ड्रेन एकेडेमीका राहुल र राजन नगर प्रथम र द्वितीय

    ज्ञानेश्वर सहानी 

    नवलपरासी, ३१ असार । एसईई परिक्षा २०७९ को नतिजामा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ०४ स्थित हिलेरियस चिल्ड्रेन एकेडेमीका राहुल सहानी र राजन कुमार कुर्मीले नगरमै उत्कट अंक ल्याएका छन् ।नतिजा अनुसार राहुल सहानी नगर प्रथम र राहुल कुमार कुर्मी नगर द्वितीय भएको बिधालयले जानकारी दिएको छ ।
    नतिजा अनुसार राहुलको ३.९ जिपिए र राजनको ३.८५जिपिए रहेको छ।२०७८ बाट एसईईमा बिधाथी सहभागी गराएको यश बिधालयले दुवै बर्षमा जिल्लामै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बिधालयका संस्थापक प्रिन्सिपल जनार्दन ठाकुरले बताउनुभयो ।यो बिधालय पछिल्लो समय नगरकै उत्कृष्ट बिधालयको रुपमा चिनिन थालेको छ । योग्य तथा शैक्षिक गुणस्तरमा समपित प्रिन्सिपल , शिक्षक , शिक्षिका र टिमको अनुशासन , प्रत्यक्ष निगरानिमा बिधालय संचालक तथा लक्ष्य अनुरुप योजना तथा कार्यान्वयन गर्न गरिएकोले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बिधालयका प्रिन्सिपल ठाकुरले बताउनुभयो ।

    बिधालयले शिक्षक , बिधाथी र अभिभावक बिचको अन्तक्रिया पनि गर्नकै आएको छ। यो बिधालय नगर र जिल्ला स्तरको अतिरिक्त क्रियाकलापमा अब्बल सावित हुँदै आएको छ र परिक्षा केन्द्रीय पढाइ भन्दा पनि बालबालिकालाई निरन्तर रुपमा उनिहरुको स्तर अनुसारको शैक्षिक वातावरण निर्माणमा बिधालयले जोड दिएको प्रिन्सिपल ठाकुरले बताउनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.