logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी एक्सनमा


    ३१ असार २०८० , आइतबार

    जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी एक्सनमा

    ज्ञानेश्वर सहानी

    नवलपरासी , ३१ असार । पश्चिम नवलपरासी जिल्ला ट्राफिक प्रहरी कार्यालयले ४ महिनामा ४७ लाख ३३ हजार ५०० सय राजेश्वर काटेको भने ७०५० जना लाई कारवाही पनि गरेको छ ।जिल्ला ट्राफिक प्रहरीले चैत महिना मा ११ लाख ५२ हजार ५०० सय बैशाख मा ११ लाख ९९ हजार ५०० सय , जेठ मा १२ लाख ४८ हजार र असार मा १३ लाख ७८ हजार राजस्व सङ्कलन गरिएको थियोे भने चैत महिनामा १७०० सय बैशाख मा १७५० , जेठ मा १७५०र असार मा १९२० जना लाई कारबाही गरेको जिल्लाका ट्राफिक प्रहरी प्रमुख प्रसिद्दिका कँडेलले जानकारी दिएकि छिन ।

    सवारी दुर्घनामा परी हरेक वर्ष १०० सय र ज्यान गुमाउने गरेको थियो भने अब कमी भएको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ । सरकारले सवारी दुर्घटना न्यूनीकरणका विभिन्न नीति आए पछि सवारी दुर्घटनामा कमी आएको छ ।साँघुरा सडक, क्षमताभन्दा बढी यात्रु बोक्ने, लाइसेन्सविना नै सवारीसाधन चलाउने जस्ता गतिविधि लाई ठाउँका ठाउँ कार्यवाही गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रसिद्दिका कँडेलले बताउनु भएको थिन।तराई जिल्लामा साघुँरा एवं गुणस्तरहीन सडक निर्माण भएकोले दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरी कार्यालयले बताएका छन।उनका अनुसार जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले छड्के चेकजाँचदेखि ‘रिफ्रेस रेन्टर’को अभ्यास गरिरहेको छ ।

    सवारी दुर्घटना बढ्नुको मुख्य कारण सडकको दुरवस्था, सवारीसाधनको चाप र चालकको लापरबाही रहेको जनाइएको छ । दुर्घटना न्यूनीकरणका लागि आखा सिविर २ पटक गरि ५७०पटक विभिन्न ठाउँ मा सचेतनामूलक कार्यक्रम गरेको जिल्लाका ट्राफिक प्रहरी प्रमुख प्रसिद्दिका कँडेलले जानकारी दिनु भएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.