logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    सुन तस्करलाई कडा कारबाही गर


    ७ साउन २०८० , आइतबार

    सुन तस्करलाई कडा कारबाही गर

    नेपालमा तस्करहरुको सञ्जाल ठूलो छ । तस्करले देशको मुख्य संयन्त्रलाई प्रलोभनमा पारेर देशमा तस्करी चलाउने गरेका छन् । राज्यको राजनीति दलका नेता देखि कर्मचारी सम्म आर्थिक प्रलोभनमा पर्दा देशमा तस्करीको जालो फैलिएको हो । भन्सार नाका देखि सीमा नाकामा सुरक्षाकर्मी संगको सेटिङमा तस्कर हुने प्रचलन व्यापक हुने गरेको छ । नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने तस्करीले पछिल्लो चरणमा देशलाई तताएको छ । १ क्युन्टल सुन सहज रुपमा अवैद्ध तरिकाले नेपालमा छिरेपछि समस्या सृजना भएको हो ।

    पछिल्लो चरणमा प्रचण्ड सरकारले तस्कर तथा माफिया र भ्रष्टचारीलाई कारबाहीको प्रकृया सुरु भएपछि गलत धन्दामा लागेकाहरु सलबलाएका छन् । उनीहरुको सञ्चालले देशैभर सरकार तथा त्यसका काम कारबाही प्रति आक्रोस र विरोध हुने गरेको छ । देशलाई माफिया र भ्रष्टहरुको चंगुलमा पार्न सहयोग पुराउने ठूला राजनीति दलका नेताहरु पनि सरकारको यो कदमको विरोधमा उत्रेका छन् । देशमा अवैध रुपमा आर्थिक आर्जन गर्ने परिपार्टीले नेपाललाई खोक्रो पार्ने गरेको छ । त्यसको अन्त्य र सुशासन कायम हुनु नेपालका लागि महत्वपूर्ण छ । वर्षौ सम्म दलाल तथा माफियाले चलाएको देशमा यर्थातमा शुसासन ल्याउने पार्टी तथा नेताको खाँचो देखिएको छ । कुरा एकातिर तथा गफ अर्का तिर गर्ने नेपालका नेता तथा कर्मचारीका कारण समस्या बढदो देखिन्छ । यसको अन्त्य र सुशासन राज्यको व्यवस्था गर्न सबै एक भएर लाग्नु पर्ने देखिन्छ ।

    दलीय रुपमा विभाजन हाम्रा जनतालाई देशको सुशासन र आर्थिक विकासका लागि काम गर्ने नेतृत्वलाई अगाडि बढाउनु पर्ने नेपालका अहिलेको अवस्था हो । देशमा विभिन्न किसिमका भ्रष्टचार तथा दलाली हुनेगरेको छ । संस्थागत रुपमा हुने यस्ता दलालीले देशलाई दैनिक रुपमा कमजोर तुल्याएको देखिन्छ । सरकारी संयन्त्र विकाउ र ठग हुँदा देशमा जनताले दुःख पाएका छन् । सिस्टममा देश नचल्दा नेपाली जनतालाई अधिक भन्दा अधिक दुःख तथा कष्ट हुनेगरेको छ । नाताबाद र कृपावादले देशलाई ओरालो मार्गमा दौडाएको छ । त्यस कारण नेपालमा भएका यस्ता विकृतीहरु अन्त्य गर्न राज्य लाग्नु पर्दछ । यसका लागि सरकार र राजनीतिक दलमा एकरुपता हुनु जरुरी देखिन्छ ।

    एकले सुशासनका लागि प्रयास गर्ने अर्कोले विरोध गर्ने प्रचलन हुँदा देशले अग्रगामी छलाङ मार्न सकेको छैन । नेपाल संसारमा सुन्दर र प्राकृतिकरुप सम्पदाको धनि देश हो । जलस्रोत तथा पर्यटनको सम्भावना धेरै भएकाले पनि यसको विकासले देशलाई अगाडि बढाउन सकिन्छ तर राज्यको नेतृत्व सधै दलाल र तस्करको फन्दामा पर्दा जनतामा संकट आएको छ । अहिलेको सुन तस्करलाई सरकारले कारबाही गर्ने जर्मर्को गरेको छ । तर राजनीतिक दलहरु नै बिरोधमा उत्रिएका छन् । यो निक गतल हो । सरकारले प्रयासले नै सुन पक्राउ परेको हो । सरकारको चाहानाले नै कारबाही प्रकृयामा पुगेको छ । यसमा सरकारलाई धन्यवाद र कारबाही लागि सहयोग पुराउने बेलामा बिरोध गर्नु राष्ट्रघाती हुन । यस्ताको कारणले देशले सधै संकट बेर्होनु परेको छ । त्यसकारण नेपालमा यस्ता तस्कर तथा भ्रष्ट्रचारीलाई कडा कारबाही गर्नु जरुरी छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.