असलम खाँन
मर्चवार, ०९ साउन । नेपालको कतिपय ठाउँमा हिजो देखि आज सम्म बाक्लो पानी परेको अवस्था छ । जसले गर्दा केही नदीहरुले बिकराल रुप धारण गरेका छन । नदीहरु मध्ये दानव र तिनाउ नदीले खतराको सतह पार गरी पानीको सतह र गति उच्च भएको देखिन्छ । नदीको जलसतह खतरा तह भन्दा निकै माथि पुगेको छ । उच्च जोखिममा बगिरहेको नदीको तटीय स्थानका साथै होचो स्थनका बस्तिहरुमा डुवान हुने सम्भावना उच्च देखिएको हुदाँ सबैले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयको अनुरोध रहेको छ । उक्त नदीहरूको तटीय क्षेत्र तथा नदीको आसपास थप जोखिम रहेको भन्दै बाढी मापन केन्द्र बुटवल कार्यालयले जनाएको छ ।

सहायक जिल्ला अधिकारी राम चन्द्र आर्यालले दिएको जानकारी अनुसार तिनाउ नदीमा खतराको सतह ५ लाई पार गरी ९ पुगिसकेको छ । नदी किनार बाढीको रमिता हेर्न, नदीबाट दाउरा निकाल्न लगायतका गतिविधि नगर्न आर्यालले आग्रह गरेका छन् । नदीको किनारमा नगई आफु, आफ्ना परिवार तथा समुदालाई सजग गराउन समेत सहायक जिल्ला अधिकारी आर्यालले अनुरोध गरेका छन । आर्यालले भने “हामी हरेक क्षेत्रको निगरानी गरेका छौं कहीकतै कसैलाई बाढीको प्रकोप वा खतरा देखिएमा नजिकको प्रहरी, बिपद् व्यवस्थापन संजाललाई जानकारी गराउन आग्रह गर्दछु । ”