जिम्मेवार निकाय भेन्टिलेटर र आईसियूबारे बेखबर
ज्ञानेश्वर सहानी
नवलपरासी, ११ साउन । पश्चिम नवलपरासीमा प्रदेश सरकार द्वारा संचालित पृथ्वीचन्द्र अस्पतालमा २ भेन्डीलेटर सहित ५ आईसियु बेड एक वर्ष भन्दा बढी भयो प्रयोगमा छैन।
आर्थिक बर्ष ०७८।०७९ मा संघीय सरकारले महामारीको समयमा देशभरका जिल्ला अस्पतालहरूलाई आई.सि.यु सहितको भेन्टिलेटरका लागि बजेट विनियोजन गरेको थियो । सोही रकमबाट ई–टेन्डर गरी करोडौँ मूल्य बराबरका उक्त उपकरणहरु खरिद गरेको छ । अहिले ती उपकरणहरू प्रयोगमा नआउँदा यतिकै थन्किएका छन् । “आई.सि.यु संचालन गर्नको लागि दक्ष जनशक्तिको आवश्यक्ता रहेको पर्दछ ।” दक्ष जनशक्तिको अभावले गर्दा यहाँका उपकरणहरू थन्किएर बसेका छन । “सरकारले उपकरण उपलब्ध गरायो तर यसलाई सञ्चालन गर्न हामी सँग जनशक्ति नै छैन ।” लुम्बिनी प्रदेश अन्तर्गतका १२ वटै जिल्लामा प्रदेश सरकारले चिकित्सक पठाउन भनेको थियो तर अहिले सम्म यहाँ पठाएको छैन अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.नुरुल होदाले बताए ।
अस्पतालका प्रमुख डा.होदाका अनुसार आई.सि.यु.मा रहेका विरामीलाई कृत्रिम श्वासप्रश्वासका लागि पृथ्वी चन्द्र अस्पतालमा राखिएका भेन्टिलेटर प्रयोगमा नआए पछि गम्भिर प्रकृतिका विरामीहरूलाई बुटवल, भैरहवा र नारायणगढ लगायतका स्थानमा पठानुपर्ने बाध्यता रहेको छ ।
पृथ्वी चन्द्र अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मोहम्मद नुरुल होदाले भने आई.सि.यु संचालन गर्नको लागि कन्सलटेन्ट फिजिसियन लगायत विशेषज्ञ डाक्टरहरुको आवश्यकता रहेको छ । ” अन्य निकाय जस्तो पृथ्वी चन्द्र अस्पतालमा बजेट हुदैँन शिर्षक अनुसार अस्पतालमा पैसा हुन्छ अहिले सरकारले कुन शिर्षकमा कति पैसा हालेको छ हामी संग रेडबुक पठाएको छैन ।
आई.सि.यु र भेन्टिलेटर संचालन गर्नका लागि पहल गरे पनि सुनुवाई नभएको डा.होदाले विभिन्न मिडियालाई जानकारी दिएको बताउनुभयो । अस्पतालमा रहेका उपकरणहरू प्रयोग नहुँदा समयमै उपचार गर्न नपाएर बिरामीको ज्यानै जान सक्ने जोखिम उतिकै छ । यहाँ अत्यधिक गर्मी बढे सँगै जिल्लामा अन्य बिरामी समेत सर्पदंसको जोखिम बढेको छ ।
आई.सि.यु र भेन्टिलेटरमा राखेर उपचार गर्न मिल्ने अस्पतालमा उपकरण हुँदा हुँदै विरामीहरूलाई अन्यत्र पठाउनु पर्ने कारण अस्पताल भित्र आई.सि.यु र भेन्टिलेटर हुँदा हुँदै संचालन नगरी उक्त अस्पतालमा आएका विरामीहरूलाई अन्य अस्पतालमा पठाउदा पनि अस्पतालका व्यवस्थापन समिति लगायत लुम्विनी प्रदेश सभा सदस्यले चासो लिएका छैन्न । जिल्लामा पाउनु पर्ने उपचार सेवाबाट अहिले विरामी लगायत आम नागरिक पनि वञ्चित भएका छन् । लुम्विनी प्रदेश सरकार द्वारा संचालित पृथ्वी चन्द्र अस्पतालमा विभिन्न पदमा करारमा चिकित्सक कर्मचारी राखिएको छ । ” तर अस्पतालमा आई.सि.यु संचालन गर्नको लागि अहिले सम्म अस्पताल विकास समितिले चिकित्सक राखेको छैन । अस्पतालमा आउने विरामीलाई आई.सि.यु. मा भर्ना गरेर उपचार गर्नुपर्ने विरामीहरू आउने बित्तिकै प्रादेशिक अस्पताल पृथ्वी चन्द्रका डाक्टरहरुले अन्य अस्पतालहरूमा पठाउने गरेका छन ।
आई.सि.यु महत्वपुर्ण रहेपनि आई.सि.यु संचालन नगरी आई.सि.यु.मा भर्ना गरेर उपचार गर्नु पर्ने विरामीहरुलाई पृथ्वी चन्द्रका डाक्टरले अन्य अस्पतालमा पठाउँछन ।
हाल पृथ्वीचन्द्र अस्पतालमा ९३ जना चिकित्सक कार्यरत छन जसमा १० जनाको थाई दरबन्दी र ८३ जना करार सेवामा अस्पतालले राखेको छ पृथ्वी चन्द्र अस्पतालका सुचना अधिकारी एवम् अस्पताल व्यवस्थापक छम बहादुर अधिकारी (सुरेन्द्र) ले बताएका छन् ।