नेपालमा अहिले वर्षा मौसम छ । यो बेला देशका विभिन्न स्थानमा वर्षाका कारण क्षति पुगेको देखिन्छ । भीषण वर्षाका कारण देशका पहाडी क्षेत्रमा पहिरो र तराईका क्षेत्रमा डुवान हुन पुगेको छ । वर्षाले गर्दा मानवीय र भौतिक सम्पतीको क्षतीले जनमानसमा त्रास सृजना गरेको देखिन्छ । वर्षा कारण कत्ति घरवास पहाडमा पहिरोले बगाएको छ । तराईमा डुवाएका समाचारहरु आइरहेका छन् । दाउराको लोभमा खोलाहरुमा पुग्ने सर्वसाधरणहरुलाई बाढीले बगाएको पाईन्छ । सडकहरु अवरुद्ध छन् । खानेपानी तथा हाईड्रोपावरका आयोजनाहरुमा क्षती पुगेका विवरणहरु आउन थालेको देखिन्छ । किसान तथा कृषी क्षेत्रमा निर्भर हुने मानिसहरु भीषण वर्षाका कारण समस्यामा परेको पाईन्छ । वार्षिक रुपमा वर्षातको समयमा यस्ता घटनाहरु हुने गरेपनि राज्यले कुनै ठोस कदम चाल्न सकेको छैन । सधै समस्याहरु र क्षति दोहोरिने गर्दछ । तर राज्यले क्षति हुनुको कारण खोजेर समाधान तर्फ ध्यान नदिनु नेपाली जनताका लागि दुःखद पक्ष हो । बाढि, पहिरो तथा डुवानले वार्षिक रुपमा हुने लाखौको धनमालको र मानवीय क्षतीले नेपालमा सधै क्षती पुराएपनि सरकार र सरोकारवाला निकायहरु प्रचारवाजीमा मात्र केन्द्रित हुने गरेका छन् । वार्षिक रुपमा नेपालमा धेरै बस्तीहरु जोखिममा परेका छन् । डुवान र बाढी पहिरोले गर्दा क्षति मात्र भएर बस्तीनै सार्नुपर्ने बाध्यता छ । त्यस कारण यस्ता समस्या दिर्घकालिन समाधानका लागि सरोकारवाला निकायले ध्यान दिनु जरुरी छ । नेपालमा निर्माण भएका सडक तथा भौतिक पुर्वाधारहरु समेत प्राकृति विपदका कारण धेरै क्षति हुने गरेको छ । यस्को समाधानका लागि सवै पक्षले ध्यान दिनु पर्दछ । हिउदमा आगोलागी तथा वर्षामा बाढि,पहिरो र डुवानको समस्यामा पर्ने नेपालले दिर्घकालिन समाधानको सोच निर्माण गरेको देखिदैन । प्राकृति विपद्का् नाममा धेरै रकम वार्षिक रुपमा कागजमा खर्च हुने गरेपनि समाधानको क्षेत्रमा खर्च हुने गरेको पाईदैन् । नेपालमा विभिन्न क्षेत्रमा प्राकृति विपद्को लागि संघ, संस्था तथा स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारले पहल गरेको प्रचार व्यापक हुने गरेको छ । रकम पनि खर्च हुने गरेको देखिन्छ । तर विपद् परिहाल्दा भने सबै चुपचाप हुने गरेका छन् । सुरक्षाकर्मी भन्दा अन्य क्षेत्रबाट बिपद्मा उद्धारको काम समेत गर्न पुग्दैन्न । त्यस कारण नेपाल प्राकृतिक विपद हुने क्षेत्रको पहिचान गरि समाधानका लागि राज्य सधै सकृय हुनु जरुरी छ । देशका कुनस्थानमा कुन प्रकारको विपद्को जोखिम छ ? त्यसको अनुसन्धान गरि समाधान तर्फ लाग्नु विपद्लाई न्यूनिकरण गर्नु हो । राज्यका सबैभन्दा अंगहरु प्राकृति विपद्को समयमा उद्धारका लागि तयारी अवस्थामा बस्नु पर्दछ । वर्षाको समयमा धेरै जसो पहिरो र बाढी तथा डुवान हुने गरेको देखिन्छ । नेपालमा यस्ता समस्या समाधानका लागि धेरै मानिसहरुलाई क्षति पनि पुराएको छ । तर सरकारले यसको दिर्घकालिन समाधानका योजनाहरु कार्यान्वयन गरेको छैन । वडा देखि पालिका हँुदै संघ सम्म विपद् व्यवस्थापन समिति निर्माण भएका छन् । तर त्यस्ता समितिको काम प्रभावकारिता हुन सकेको पाईदैन । नाम मात्रका समिति र विपद्हुने कागजी खर्चले नेपालमा प्राकृति विपद्को समाधान हुन सक्दैन । त्यसको समाधान गर्न जरुरी छ । वडा, पालिका, प्रदेश र संघको एकरुपताको नीति तथा सरोकारवाला निकाय संगको समन्वयमा समस्या पहिचान गर्नु पर्दछ । समस्या पहिचान गरि जनता संगको साझेदारीमा प्राकृति विपद्का् समाधान तर्फ ध्यान दिनु अहिलेको माग हो । नेपालमा योजना, छलफल तथा जनता संगको सहकार्यमा वाढिपहिरो तथा भुकम्प र आगलागी भएमा तुरुन्त उद्धार तथा व्यवस्थापन टिम तयार सधै रहनु पर्दछ ।