logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    डिजिटल कृषि प्रणाली तर्फ उन्मुख हुँदै तिलोत्तमाका किसानहरु


    ११ साउन २०८० , बिहिबार

    डिजिटल कृषि प्रणाली तर्फ उन्मुख हुँदै तिलोत्तमाका किसानहरु

    सावित्री घिमिरे
    तिलोत्तमा, ११ साउन ।महामानब गौतमबुद्ध को प्रवेश नगरी रुपन्देही जिल्लामा अबस्थित तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेश को मात्रै नभएर नेपालकै नमुना नगर पालिका को रुपमा बिकसित भएको छ ।त्यसमा पनि बिकास र समृद्ध को क्षेत्र मा अगाडि बढेको तिलोत्तमा नगरपालिका आफैमा बिकास का कार्यमा अग्रपंक्तिमा देखिन्छ ।
    यस नगरपालिका ले कृषि क्षेत्रमा स्मार्ट कृषि प्रबिधि का साथसाथै डिजिटल प्रबिधि बाट थप नया आयाम बटुलेको छ ।रुपन्देही को तिलोत्तमा नगरपालिका भित्रका विभिन्न वाड हरुमा कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले यस नगर पालिका लगायत विभिन्न सङसस्थाहरुले कृषि सम्बन्धि तालीम गोस्ठिहरु सन्चालन गरि तिलोत्तमाका किसानहरुलाइ खेतिपाती गर्नको लागि थप हौसला प्रदान गरेका छन् ।यसै क्रममा ूप्लान्ट भिलेज नेपाल ू नामक एक सस्थाले पनि रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाको वाड नम्बर ९ र वाड नम्बर १४ का किसान हरु सङग समन्वय गरेर सकृय रुपमा काम गरेको छ ।यो सस्था २०७९ सालमा नेपालमा स्थापना भएको हो ।
    यसको कार्य क्षेत्र रुपन्देही जिल्ला र लमजुङ जिल्ला रहेको छ। डिजिटल कृषि प्रणाली र जलबायु परिवर्तन अनुकुल कृषि प्रणाली को माध्यम बाट किसान हरु बिच खेतीपाती सम्बन्धि भएका हरेक समस्याहरू को समाधान गर्ने उद्देश्यले यो सस्था स्थापना भएको हो ।
    यो सस्थाले रुपन्देही जिल्लाभरिका विभिन्न स्थानीय निकाय हरु ,कृषि क्षेत्रमा काम गर्ने विभिन्न सङ सस्था हरु ,बिश्वबिद्धालय हरु र अनुसन्धान केन्द्र संग समन्वय गरेर किसान हरुको समस्या पहिचान गरि ती समस्या हरु सम्बन्धि अनुसन्धान गरि समाधान दिने काम गर्छ ।
    यस सस्थाले प्लाट भिलेज नुरु एप को माध्यम बाट किसानहरूले घरमै बसेर डिजिटल प्रबिधि बाट कृषि विशेषज्ञ हरु बाट परामर्श लिने ब्यबस्था मिलाएको छ ।यो सङसङै यो सस्थाले कृषि क्षेत्रमा बिशादिको प्रयोग बाट हुने हानिको बारेमा जन चेतना जगाइ बिसादिको कम प्रयोग गर्न प्रोत्साहन गर्नको लागि एकीकृत रोग किरा ब्यबस्थापन आइ। पि। एम। सम्बन्धि विभिन्न तालीम हरु पनि प्रदान गर्दै आएको छ ।
    त्यसैगरी रुपन्देही जिल्लाभर का विभिन्न सामुदायिक बन हरु संग समन्वय गरेर वनजङगल तथा कृषि क्षेत्र दुबैको लागि हानिकारक झारपातहरु जस्तै बनमारा झार र कङ्रेस झार हरु बाट बायोचार बनाएर यो प्रबिधी सम्बन्धि किसान हरुलाइ तालीम दिने काम गरेको छ ।यस सस्थाले हालसम्म एक क्विन्टल भन्दा बढी बायोचार उत्पादन गरेको छ।तिलोत्तमा नगरपालिका वाड नम्बर ८मा रहेको सामुदायिक वनको बनमारा झारलाइ यसै नगरपालिकाको वाड नम्बर १४ मा लगेर तिलोत्तमा नगरपालिका का अगुवा कृषक हरुलाइ भेलागरी बायोचार बनाउने विधि र प्रयोग को बारेमा जानकारी गराएको छ।
    बायोचारको प्रयोग ले एकातिर मलको काम गर्ने र अर्को तर्फ रोगको ब्यवस्थापन गरेर उत्पादन गर्न सकिने हुदा यसको प्रयोग गरिएको भन्ने कुरा सस्थाका अध्यक्षले जानकारी गराएका छन ।
    यसैगरी यस सस्थाले विभिन्न बिध्यालय हरुमा गएर विद्यार्थीसँग नेपालमा जलबायु परिवर्तन ,यसका कारण र असर हरुको बारेमा जानकारी गराउने गरेको छ ।

    यसैगरी आगामी दिनहरुमा अहिले भैरहेको र गरिरहे को कार्यक्रम हरुलाइ निरन्तरता दिने,यसको अतिरिक्त थप विभिन्न स्कुलमा हरुमा गएर जलवायु परिवर्तन का कारण र यसका असरबारे जनचेतना सम्बन्धि तालीम दिनुका साथ साथै सस्था को कार्यक्षेत्र भित्र का किसान हरुलाइ प्रत्यक्ष रुपमा भेटी उनिहरुकै खेतबारी मा बायोचार बनाउन सहयोग गरि प्रयोग गर्न समेत सिकाउने रहेका छ्न। तेस्तै जिल्लाभरिका सामुदायिक वनहरुसङ समन्वय गरेर विभिन्न ठाउमा बृक्षारोपण गर्ने र किसानहरुलाइ थप डिजिटल प्रबिधि को माध्यमबाट तालीम को ब्यबस्था गर्ने सस्था का भाबी कार्यक्रम हरु रहेको छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.