logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    कपिलवस्तुमा ४८ लाख रकमसहित एक जना पक्राउ


    ११ साउन २०८० , बिहिबार

    कपिलवस्तुमा ४८ लाख रकमसहित एक जना पक्राउ

    लुम्बिनीखबर
    कृष्णनगर, ११ असार । भारतीय रुपियाँ र नेपाली रुपियाँसहित कपिलवस्तुमा स्रोत नखुलेको अवैध रुपियाँ वोकेको एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिकाको आन्दोलन चौकस्थित रामदेव बर्माको घरबाट कपिलवस्तु नगरपालिका–१ का ४७ वर्षिय सुनिल कुमार गुप्तालाई प्रहरीले रकम सहित पक्राउ गरेको हो ।
    आन्दोलन चौकस्थित रामदेव बर्माको घरमा कोठा भाडा लिई अवैध रुपमा भारतीय रुपियाँको कारोबार गरिरहेको सूचनाको आधारमा गुप्तालाई पक्राउ गरिएको कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिए ।
    गुप्ताले कोठामा लुकाई छिपाई राखेको अवस्थामा स्रोत नखुलेको २४ लाख १३ हजार २५५ नेपाली रुपियाँ र अवैध भारतीय रुपियाँ १४ लाख ९४ हजार ९२० गरी ४८ लाख पाँच हजार १२७ रुपियाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
    पक्राउ परेका गुप्तालाई बरामद भएको रकमसहित राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाउने तयारी भएको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.