ज्ञानेश्वर सहानी
नवलपरासी, १२ साउन । पश्चिम नवलपरासी जिल्लामा सवारी दुर्घटना कम भएको छ । सडकको दुरावस्था, सवारी साधनको चाप र चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै गएको थियो भने अब कम भएको छ ।
ट्राफिक प्रहरी कार्यालय नवलपरासीका अनुसार गत आर्थिक वर्षको चैत सम्म २५२ वटा सवारी दुर्घटना भएकोमा ८१ जनाले ज्यान गुमाएका थिए भने २५० जना घाइते भएका थिए । भने चैत पछि नवलपरासीमा ६३ दुर्घटनामा ११ जनाले ज्यान गुमाएका थिए । यस्तै २० जना गम्भीर तथा २२ सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
सवारी दुर्घनामा परी हरेक वर्ष १ सय ज्यान गुमाउने गरेको थियो भने अब कमी भएको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ । सरकारले सवारी दुर्घटना न्यूनीकरणका विभिन्न नीति आएपनि सवारी दुर्घटनामा कमी आएको छ ।
साँघुरा सडक, क्षमताभन्दा बढी यात्रु बोक्ने, लाइसेन्सविना नै सवारी साधन चलाउने जस्ता गतिविधिलाई ठाउँको ठाउँमा कार्यवाही भएको जिल्लाका ट्राफिक प्रहरी प्रमुख प्रसिद्दिका कँडेलले बताउनुभएको थियोे ।
तराई जिल्लामा साघुँरा एवं गुणस्तरहीन सडक निर्माण गरिँदा दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिए ।
उनका अनुसार जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले छड्के चेकजाँचदेखि ‘रिफ्रेस रेन्टर’ को अभ्यास गरिरहेको छ । सवारी दुर्घटना बढ्नुको मुख्य कारण सडकको दुरावस्था, सवारी साधनको चाप र चालकको लापरबाही रहेको जनाइएको छ । दुर्घटना न्यूनीकरणका लागि आँखा सिविर २ पटक र ५ सय ७० पटक विभिन्न सचेतनामूलक कार्यक्रम गरेको जिल्लाका ट्राफिक प्रहरी प्रमुख प्रसिद्दिका कँडेलले जानकारी दिनु भएको थियो ।