logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    लुम्बिनीमा एकिकृत खानेपानी ढल व्यवस्थापन सम्बन्धी राय–संकलन


    १२ साउन २०८० , शुक्रबार

    लुम्बिनीमा एकिकृत खानेपानी ढल व्यवस्थापन सम्बन्धी राय–संकलन

    अन्जना चौहान
    लुम्बिनी, १२ साउन । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा निर्माण हुने एकिकृत खानेपानी, ढल व्यवस्थापन तथा ईन्सिनिरेटर आयोजना सम्बन्धी रायसुझाव संकलन कार्य सम्पन्न भएको छ ।
    यो योजनाको लागि प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन तयारीको क्रममा आयोजना कार्यान्वयन हुँदा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रभावित पार्ने विषयहरुलाई लिएर स्थानीय सरोकारवालाहरुको राय सुझाव संकलन भएको हो ।
    सो कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुदिन मुसलमानले नगरलाई जनताले चाहेजस्तो बनाउन खोजेको बताएका छन् ।
    नगरबाट निस्केका फोहोरमैलालाई समुचित रुपमा व्यवस्थापन गर्ने कार्य अघि बढ्न सुरु भएको र सो विषयमा बृहत छलफल चलिरहेको जानकारी दिएका छन् ।
    लुम्बिनी साँस्कृतिक नगरपालिकामा एकिकृत रुपमा विकास गर्न र नगरलाई स्वच्छ एवं हराभरा बनाउन सो आयोजना अघि सारिएको हो ।
    विकासका काम गर्दा यस क्षेत्रका प्राकृतिक, भौतिक संरचना, साँस्कृतिक, सामाजिक, आर्थिक र पर्यटनमा असर नपर्ने गरि गर्नुपर्नेमा मेयर मुसलमानले जोड दिएका छन् ।
    छलफलमा केन्द्रित भएको आयोजनालाई मुर्त रुप दिन आफु सकारात्मक भएको भन्दै सवैको साथ र सहयोगको अपेक्षा गरेका छन् ।
    कार्यक्रममा उपप्रमुख कल्पना हरिजनले नगरबाट निस्केका ढललाई उचित रुपमा व्यवस्थापन गर्नुपर्ने आजको आवश्कयता देखिएको बताईएकी छन् । एकिकृत खानेपानीको विकासमा समेत नगर लागि परेको कुरा औँल्याएकी छन् ।
    नगरपालिकामा भएको कार्यक्रममा वातावरण तथा ईन्जिनियरहरुले सो आयोजनाका बारेमा प्रस्तुतिकरण दिएका थिए । एकिकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना पानी पोखरी, काठमान्डौको आयोजनामा सार्वजनिक कार्यक्रम भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.