- अन्जना चौहान
लुम्बिनी, १२ असार ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका स्थित ककरहवा बार्डरदेखि कालिदह भन्सार कार्यालयसम्मा प्रहरीहरुले कडाईका साथ चेकजाँच गरेका छन् । नेपाल भन्दा भारतमा सस्तो समानहरु पाइने भएकोले स्थानीयबासीका साथै अन्य गाउँठाउँमा मानिसहरु वार्डर पारी जाने गर्छन् ।
पहिला भारतबाट यहाँका स्थानीयहरुले मालसमानहरु निकै सुविधायुक्त ढङ्गले ल्याउने लैजाने गर्थे तर केही व्यापारीहरुले गरेको गलत कार्य वा बदमासिले वार्डर क्षेत्रमा कडाई बढेको छ । जसको प्रभाव सर्बसाधारणलाई परेको देखिन्छ । यस्ता गलत कार्य रोक्ना निम्ति गरिएको कडाईमा भारतीय मार्गहुँदै नेपालमा आउने भारतीय र अन्य मुलुकका यात्रुहरुका साथै नेपालका सर्बसाधारण व्यक्तिहरुलाई पनि निकै समस्या भएको छ ।

कालिदह नाकामा रहेकाे नेपाल तर्फकाे प्रवेशद्वार ।
सीमामा भएको जेकजाँच मर्यादित बनाउने केही मापदण्ड तयार गरेका छौँ । सो मापदण्ड पुरा गरेकाहरुलाई सरल छ । नेपाल र भारत आउने जाने मानिसहरुले आफ्नो पहिचान खुल्ने गरी कुनै न कुनै प्रमाणपत्र अनिवार्य लिएर आउनुपर्ने एसपीले बताएका छन् ।
प्रमाणपत्रमा जस्तै भारतीय आधार कार्ड, नेपाली नागरिक्ता, जन्म दर्ता, लाइसेन्स, आदि विभिन्न कागजात लिएर आउनेका लागि एकदमै सजिलो र सुविधायुक्त रहेको बताएका छन् । परिचय खुल्ने गरी प्रमाणपत्र नभएका मानिसले जोर जबरजस्ती गरेमा कार्यवाही गर्ने एसपीले बताएका छन् ।