भैरहवा रहवा, १४ श्रावण । जेसीआई सिद्धार्थ लेडी नेपालले सेवा सप्ताह सुरु गरेको छ । जेसीआई नेपालको २७ औ स्थापना दिवसको अवसरमा जेसीज सप्ताह २०२३ को सुरुवात सँगै विभिन्न कार्यक्रमको आयोजना गरी कार्यक्रम गरीएको छ ।
१. स्वच्छ खानेपानी सबैको अधिकार

जेसीआई सिद्धार्थ लेडी नेपालले लामो समय देखि सक्रिय रुपमा विभिन्न बुँदामा काम गर्दै आएको छ । त्यस मध्यको एक हो खानीपानी । यही कुरालाई मध्य नगजर गर्दै सुगम नगर सिद्धार्थनगरको दुर्गम अवस्थामा रहेको भुजौली आधारभूत विद्यालयलाई उक्त संस्थाले सहयोग गरेको । भुजौली माध्यमिक विद्यालयमा लामो समय देखि खानेपानीको अभाव रहदै आएको थियो त्यस समस्यालाई निराकरण गर्नको लागि श्रावण १२ गते धाराको नलको शिलन्यास गरीएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगरनगरपालिकाका उपप्रमुख उमा अधिकारीले जेसीआईले गरेको काम अत्यन्तै सहरानिय भएको बताउँदै आगामी दिनमा समन्वय गर्ने बताइन् ।
२. उद्घोषण तालिम
त्यस्तै सेवा सप्ताह अन्तर्गत श्रावण १३ गते क्लबका सदस्य एवंम पदाधिकारीलाई उद्घोषक तालिम
दिएको थियो । कार्यक्रममा जेसीआइृ सिद्धार्थ लेडीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो भने प्रशिक्षक मधुसुधन पोख्रेल रहेको थिए । उक्त कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासेले उद्घोषण तालिमले व्यत्तित्वको विकासमा मद्दत पुराउने बताइन् ।
जेसीआई सिद्धार्थ लेडीका अध्यक्ष गिता गैरे बन्जाडेका अनुसार सामाजिक काम सँगै व्यक्तित्व विकासका कामहरु पनि संस्थाले पहल गरीरहेको बताइन् ।
साप्ताहिक कार्यक्रमका निर्देशक कृष्ण दाहालले सामाजिक कार्यक्रमहरु श्रावण २० गते सम्म निरन्तर गरीने बताइन् ।