अन्जना चौहान
लुम्बिनी, १५ साउन । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १० का होटल व्यवसायीहरु अन्दोलित भएका छन् ।
नगरपालिकाले फोहोरमैलाको व्यवस्थापनका लागि कुनै किसिमको कार्यलाई अगाडि नबढाएको हुदाँ लुम्बिनी बजार, लुम्बिनी विकास कोषको किनार सडक पेटी फोहोरमै बनेको छ ।
होटलबाट निस्केका सड्ने र नसड्ने फोहोरमैला व्यवस्थापनका पहल नभएकै कारण लुम्बिनी र महिलवारका बजार दुर्गन्धित हुन पुगेको स्थानीयवासीहरु बताउँछन् ।
गत वर्ष दशैको बेलामा लुम्बिनीमा फोहोरमैलाले वातावरण दुर्गन्धित भई चारै तिर अलोचाना हुदाँ नगरपालिकाले दशैको बेलामा लुम्बिनीका सडक पेटी सफा गर्ने, चौक चौकमा गाडि लिएर फोहोर उठाउन लागेको थियो ।
गैडहवा वडा नम्बर २ मा पर्ने नदिको किनारमा व्यवस्थापन भईरहेको थियो । फेरी केही समय देखि सो फोहोर उठाउन काम बन्द भएको छ । जसले गर्दा लुम्बिनीका साथै वडा नम्बर १० भित्रका सहर , गाउँ, ठाउँबाट निस्केका फोहोरहरु व्यवस्थापनमा लापरवाहीका कारण दुर्गन्धि भएको छ ।
जताततै फोहोरको डङ्गुर जस्तै बनेको देखिन्छ । लुम्बिनी र महिलवार बजार क्षेत्र फोहोर व्यवस्थापन नहुदाँ बजार क्षेत्र कुरुप देखिन थालेलेको छ ।
वडा नम्बर १० मा बढिरहेको फोहोरको विषयमा होटल व्यवसायीहरु नगरपालिकाको बाटोमा फोहोर लगेर फाल्ने र लुम्बिनीको फोहोर नउठेसम्म सम्पूर्ण व्यवासायीहरु कर समेत नतिर्ने भनेका थिए ।
व्यवसायीहरुको कुरा माथि नगरपालिकाले निकास बोर्ड बैठक बोलाई छिट्टै फोहोरमैला व्यवस्थापन गर्नुहुनेमा वडा १० का वडा अध्यक्ष विनोद कहाँरले जानकारी दिनुभयो ।
वडा नम्बर १३ मा फौहोरमैलाका लागि जग्गा छनौट भई सकेको र त्यसको त्यसवाट प्राकृतिक, भौतिक, जैविक, सामाजिक, आर्थिक प्राणली बिच के कस्तो प्रभाव पर्ने छ भनि राय सुझाव पेश गर्नका लागि एकिकृत खानेपानी तथा ढल निकास व्यवास्थापन आयोजनाले पत्रचार समेत गरेको छ ।
नगरपालिकाको फोहोरमैला व्यवस्थापनका लागि जग्गा छनौट भईसकेको फोहोरमैला छिट्टै ब्यवास्थापन हुने र नगरपालिकालाई सुब्यवास्थित, जनताप्रति उतरदायि हुने गरी काम गरी लुम्बिनीलाई स्वच्छ, सुन्दर बनाउने लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रशासकीय प्रमुख राम प्रसाद ज्ञवालीले बताउनुभयो ।