अन्जना चौहान
लुम्किनी, १५ असार । गौतम बुद्ध जन्मस्थाल लुम्बिनीमा आधुनिक वा स्मार्ट शौचालयको उद्घाटन भएको छ ।
लुम्बिनीको ४ नम्बर गेट नजिक रहेको शौचालयको निर्माण बैंकका कर्मचारीहरुको थोरै ज्यालाको रकमले लैङ्गिक मैत्री शौचालय बनेको थियो । शौचालय नेपाल बैंक र कोरिया फाईनेन्सियल इन्डस्ट्री फाउण्डेसन द्वारा ग्लोबल युनियन एसिया र प्यासिफिक क्षेत्रीय संगठनको समन्वय लैङ्गिग मैत्री शौचालय निर्माण परियोजना पुरा गरिएको थियो ।
लुम्बिनीमा आउने सबै पर्यटकहरुलाई सुरक्षित तरिकाले शौचालयको प्रयोग गर्न पाउन भन्ने उद्देश्यले शौचालय निर्माण गरिएको थियो ।

सबै सेन्सर द्वारा क्वाई राखेर सबै कोठा आफै खुल्ने, कोठामा जाँदा बत्ती आफै बल्ने, बहिर आउने वितिक्कै बत्ती आफै निभ्ने, सबै आफै चल्ने सुबिधायुक्त संरक्षित र सुरक्षित महसुस गराउने उद्देश्यले शौचालय बनाएर महिला परुष, अपाङ्गहरुलाई छुट्टा छुट्टै किसिमले नयाँ प्रविधिले व्यक्तिगत आराम र अनान्दको ठाँउको अभाष दिने छ ।
यो शौचालय १५० वर्ग मिटरमा बनेको छ । यस नयाँ सुबिधा सम्पन्न शौचालयबाट लुम्बिनीमा आउने पर्यटकहरु लाभलिन सकिन्छ । कुनै किसिमको समस्या झेल्न नपर्ने लक्ष्य राखेर ४० लाख लगातमा शौचालय निर्माण निर्माण भएको छ ।