logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    आस्था द्वारा ३ दिने धुप बनाउने तालिम


    १५ साउन २०८० , सोमबार

    आस्था द्वारा ३ दिने धुप बनाउने तालिम

    लुम्बिनीखबर
    सिद्धार्थनगर, १५ साउन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका स्थित आस्था महिला उद्यमी संघ द्वारा धुप बनाउने तालिम विहिवारदेखि शुभारम्भ हुनेभएको छ ।
    यो तालिम सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ देखि १३ नम्बरका सबै महिलाहरुलाई  धुप बनाउन सीप सिकाई स्वरोजगारी बनाउनेका लागि आयोजना गरिएको आयोजक आस्था महिला उद्यमी संघ अध्यक्ष विन्द ु न्यौपानेले जानकारी दिनुभयो ।
    यो तालिम उद्यमशीलताका लागि स्वरोजगार तालिम अन्तर्गत रहेर ३ दिने धुप बनाउने साउन १८ गते विहिवार देखि २० गते शनिवार सम्म तालिम दिने अध्यक्ष न्यौपानेले बताउनुभयो । तालिम विहान ११ बजेदेखि २ बजे सम्म अर्थात ४ घण्टा प्रशिक्षण गर्ने आयोजक स्रोतले जनाएको छ ।
    कार्यक्रम सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित उद्योग व्यापास संगठनको सभाहालमा हुने भएको छ ।
    यो सीपमुलक कार्यक्रम सावित्री भण्डारीको समायोजकत्वमा र आस्था महिला उद्यमी संघका अध्ययक्ष विन्दु न्यौपानेको अध्यक्षतामा आयोजना हुनेभएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.