अन्जना चौहान
लुम्बिनी, १८ साउन । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा मंगलवार एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरेको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्कर ११ ले गर्भवती महिलाहरुलाई समयमा अस्पताल नपुग्दाँ हुन सक्ने जोखिम कम गर्न तथा वढदो मृत्युदर न्यूनिकरण गर्नका निःशुल्क एम्बुलेन्स सेवा प्रवाह गर्नेका लागि एम्वुलेन्स सेवा हस्तानतरण गरेको हो ।
उक्त हस्तान्तरण कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानले नगरपालिका भित्रका गर्भवती महिलाहरुलाई नेपालको जुनसुकै अस्पताल लैजादा एम्बुलेन्सको शुल्क नलाग्ने बताए छन् ।
नगरपालिकाका गर्भवती महिलाहरुलाई जुनसुकै समयमा एम्बुलेन्स सेवाको आवश्यकता परेमा २४ सै घण्टा सेवाका लागि तयारीमा एम्बुलेन्स रहने नगरप्रमुख मुसलमानले बताएका छन् ।
यस नगरपालिकामा प्रसूति अस्पताल छैन । त्यस कारणले यहाँका गर्भवती महिलाहरुलाई सुत्केरी हुनका लालि भैरहवा र बुटवल लगायतका ठाउँमा लैजान पर्दछ । अस्पताल टाढा भएको कारणले सुविधायुक्त एम्वुलेन्स नभएको कारण कतिपय गर्भवति बाटोमा नै शिशु र आमा दुबैलाई खतरा सृजना भएको देखिन्छ । एम्बुलेन्स समयमा अस्पताल पुर्याएर आमा र शिशुलाई सुरक्षा प्रदान होस भन्ने कुरालाई ध्यानमा राखि संचालनमा ल्याएको नगरउपप्रमुख कल्पना हरिजनको भनाई रहेको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकामा ५ वटा एम्बुलेन्स छन् । पछिल्लो समय लुम्बिनी प्रदेश सरकारले लुम्बिनी सांस्कृतिक नगरपालिकालाई ३ वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
मंगलवार ती एम्बुलेन्स लुम्बिनी स्वास्थ्य केन्द्र, खुदावगर स्वास्थ्य चौकी र मसिना स्वास्थ्य चौकी प्रमुख बुद्धिनाथ बरई, वडा नम्बर ११ का वडा सदस्यहरु लगायत अन्य कर्मचारीहरुको उपस्थितिमा हस्तान्तरण गरिएको छ ।