logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    मर्चवार सन्देश कार्यालयमा ढुङ्गा प्रहार


    १८ साउन २०८० , बिहिबार

    मर्चवार सन्देश कार्यालयमा ढुङ्गा प्रहार

    असलम खाँन
    मर्चवार, १८ साउन । रुपन्देही जिल्लाको मर्चवार क्षेत्रबाट प्रकाशन हुँदै आएको मर्चवार सन्देश साप्ताहिक पत्रिकाको कार्यालयमा सोमवार ढुंगा प्रहार भएको छ ।
    रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर ७ मिडिया चोकमा राति ९ बजेको समयमा समाचारको विषयलाई लिएर ढुङ्गा प्रहार भएको छ ।
    मर्चवार सन्देश साप्ताहिक पत्रिकाको कार्यालयमा भएको घटना प्रति नेपाल पत्रकार महासंघ रुपदेहीले १६ गते मंगलवार प्रेस विज्ञप्ति निकाली घटना प्रति आफनो गम्भिर ध्यानाकर्षण जनाएको छ ।
    साथै उक्त कार्यालयमा प्रवेश गरी हुलहुज्जत गर्ने समूहलाई कारवाही गर्न नेपाल पत्रकार महासंघ रुपन्देहीले माग गरेको छ ।
    समाचारको विषयलाई लिएर मर्चवारी गाउँपालिका–१ सेमरा बस्ने रिंकु ढाँडी, वडा नम्बर १ हरिनगाढे बस्ने अजय यादव, वडा नम्बर १ कचरिहवा बस्ने विकास यादव र वडा नम्बर ३ सेमरा बस्ने अमर यादव रहेका थिए ।
    यी व्यक्तिहरु सामेल भई कार्यालयमा पसी हुलहुज्जत गर्दै पत्रिकाको कार्यालयमा ढुंगा प्रहार गरी आतंकित परेका छन् । विज्ञप्तीमा उल्लेख छ ।
    पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियार द्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘समाचारका विषयमा चित्त नबुझेमा प्रेस काउन्सीलमा उजुरी गर्न सक्ने प्रावधान हुँदाहुँदै सञ्चार गृह माथि नै आक्रमण गर्ने र पत्रकारलाई असुरक्षित बनाउने कार्य निन्दनीय छ ।
    नेपाल पत्रकार महासंघ रुपन्देहीका साधारण सदस्य हृदयराम गुप्ता प्रकाशक र कार्यकारी सम्पादक रहेको मर्चवार सन्देश पत्रिका साताको आइतबार मर्चवार क्षेत्रबाट प्रकाशित हुँदै आएको छ ।
    रातिको समयमा कार्यालयमा पसी ढुङ्गा प्रहार गरी कार्यालयलाई क्षति पुर्याउने समुहलाई कारवाहीको दायरामा ल्याउन प्रहरी संग नेपाल पत्रकार महासंघ रुपन्देहीको जोडदार माग पनि रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.