logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    ‘अप्प दीपो भव’


    २१ साउन २०८० , आइतबार

    ‘अप्प दीपो भव’

    चालीस वर्षसम्म तथागत बुद्धको बरिपरि रहेका आनन्दले बुद्धलाई महापरिनिर्वाणमा प्रस्थान गर्नुभन्दा अगाडि संसारमा सत्यको मार्ग देखाउन तपाईं नरहनु भएपछि, हामी कसरी हाम्रो जीवनलाई सत्यको बाटोमा हिडाउन सक्छौं भनी चिन्ता भावले प्रश्न गर्दा बुद्ध जवाफ दिनुहुन्छ – “अप्प दीपो भव” अर्थात् आफ्नो दिपक आफै बन ।
    बुद्धको अतिम समय आउँदा आनन्द अत्यन्य दुःखी थिए । चालीस बर्षसम्म बुद्धको ज्यातिले चकमन्न भएका आनन्दले कहिले पनि आफूभित्रको ज्यातिको पहिचान गर्न सकेनन् । त्यो दीपलाई बाल्नेसम्म पनि आवश्यकता बोध गरेनन् । जब अन्तिम घडी आयो, बुद्धले दिएको ज्ञानको ज्यातिको वास्ता गर्न छोडे । केवल बुद्धको पार्थिव शरीरप्रति मोह गर्न थाले । बुद्ध नरहने कुराले उनलाई धेरै पीडा दियो ।
    बुद्ध सम्झाउँदै भन्नुहुन्छ मलाई आफ्नो बैसाखी नबनाऊ । यदि तिमी लङ्गडो छौ र मेरो बैसाखीको सहाराले हिड्छौ भने एकछिन यात्रा गरौला तर तिमी कति टाढा जान सक्छौ र ? पक्कै पनि आफ्नो गन्तव्यसम्म पुग्न सक्दैनौ । आज म तिम्रो साथ छु तर, एक न एक दिन मैले तिम्रो साथ छोड्नै पर्दछ, तसर्थ तिमी आफ्नै खुट्टाको बलले हिड्नु पर्छ । मेरो प्रकाशमा नहिड, किनकि अँध्यारो यात्रामा केही क्षण सँगै हिडेपछि हाम्रो बाटोहरू अलग हुनेछन् । मेरो प्रकाश मसँगै हुनेछ भने तिमीसँग तिम्रो अन्धकार हुनेछ । तसर्थ आफ्नो प्रकाश स्वयम् बन ।
    बुद्धका अनेकौँ शिश्यहरुले बुद्धको धर्मचक्र एवम् प्रज्ञाबाट अर्हत् प्राप्त गरे । तर, आनन्दले यस बारे सोच्दैसोचेनन् । उनी केवल विहान–साँझ, दिन–रात केही नभनी बुद्धको छायाँजस्तै भएर बुद्धसँगै रहे । ज्ञान त धेरै सिके तर अर्हत्को अवस्थासम्म पुग्न उनले ध्यानै दिएनन् । यही कारणले पहिलो बौद्ध संघायन हुँदा ५०० स्थानमा एक स्थान आनन्दको लागि खाली राखी बाँकी ४९९ स्थान अर्हत् भिक्षुहरुबाट पूर्ति गरे, महाकश्यपले । यही कुराले आनन्दलाई आफ्नो ज्योति आफै बन्नु पर्दछ भन्ने ज्ञान भयो । उनी ध्यानमा बसे । परिणामस्वरुप एकै रातमा उनले अर्हत् प्राप्त गरे र पहिलो संघायनको सभामा स्थान पनि पाए ।
    वास्तवमा गनतब्यसम्म पुग्नको लागि कसैको सहायता आवश्यक हुन्न भन्ने कुरा होइन । तर, जीवनको सम्पूर्ण यात्रामा कसैको सहारा जरुरी मान्नु ठूलो भ्रम हो । अतः आफैले एक्लो यात्रा तय गर्नुपर्ने भएकाले आफूभित्रको ज्योति जगाउनु जरुरी हुन्छ । केही क्षण कसैको उज्यालोमा केही पाइला हिडेर गनतब्यसम्म पुग्न सकिँदैन । यही विषयलाई बुद्ध प्रष्ट पार्नुहुन्छ । कसैको बैषाखी बन्नु, कसैको पाउजुको छमछम् अनुसार जीवनभर आफ्ना पाउहरुले नृत्य गर्नु स्यम्लाई गुमाउनु हो । केही क्षणको सिकाइ र केही क्षणको दीशानिर्देशलाई नराम्रो भन्न मिल्दैन । तर, आफुभित्रको ज्योति ननिभोस् भन्ने कुरामा उत्तिकै सचेत हुनु जरुरी छ ।
    पौडी खेल्न सिक्ने हो भने, प्रशिक्षकबाट आफूले सिक्ने प्रयास गर्नु पर्दछ । पौडी खेल्न सधैँ प्रशिक्षकको आवश्यकता चाहिने हो भने, त्यो सिकाई सिकाई नभएर परनिर्भरता हो । परनिर्भरता र गुलामीबाट स्वतन्त्रता र आत्मविश्वांसको मिठास लिन सकिँदैन । त्यसैले गुरुको गरिमा राख्दै आफूभित्रको प्रज्ञा प्रज्वलित गर्नु जरुरी हुन्छ । वास्तवमा आफूभित्रै हुन्छ आनन्दको स्रोत । आफुभित्रै हुन्छ ज्ञानको मूल र आफूभित्रै हुन्छ गनतब्यसम्म पुग्ने उर्जा । जसले आफ्नो दीयो आफैले बालेको हुन्छ, उसैेले चिनेको हुन्छ यो स्रोत, यो मूल र यो उर्जा ।
    सद्गुरुले त आफूभित्र भएको दीयो बाल्न प्रोत्साहन गर्दछन् । मार्ग प्रसस्त गर्दछन् र सफलताको यो यात्रामा एक्लै हिड्न खुसी मनले विदाइ गर्दछन् । त्यसैले आफ्नो दीयो आफै बन्नु पर्दछ र यो दीयोले सारा संसारलाई उज्यालो बनाउने प्रयास गर्नु पर्दछ । आत्मज्ञानको प्रकाशले नै आफ्नो लक्ष्यसम्मको यात्रा पूरा गर्न सकिन्छ । त्यसैले सद्गुरुहरुबाट आत्मबोध गर्ने प्रयास गर्नु पर्दछ । तर उनीहरुप्रति पूर्णरुपमा निर्भर रहने वा सद्गुरुलाई बैशाखी बनाएर हिड्ने किसिमको बन्नु हुँदैन ।
    स्वयम् गौतम बुद्धले पनि आफूले दिएको ज्ञान र सिकाएको मार्गमाथि विचार गरेर ठीक लागेमा मात्र त्यसलाई आत्मसाथ गर्नुपर्ने भनी सुझाएका छन् । त्यसैले आफूभित्र एक त्यस्तो ज्योति बाल्नु पर्दछ, जसले बाहिरी विषयवस्तुलाई राम्ररी पारख गर्ने क्षमता पनि राखोस् । त्यसैले एक जागरुक ब्यक्ति बन्नु जरुरी छ ।
    एकचोटि बुद्धका एक शिष्य मौदगल्यायनले बुद्धसँग प्रश्न राखे ‘बुद्ध, के तपाइँका सबै सन्यासीहरू दुःखबाट मुक्त हुन्छन् त ?’ यस प्रश्नको जवाफमा बुद्धले उत्तर दिनुभयो ः ‘के तिमीले राजगृह जाने बाटो जानेका छौ ? बताऊ त ।’ मौदगल्यायनले उत्तर दिए ः ‘यही बाटोबाट गएपछि केही समयपछि अमुक गाउँ आउँछ । अगाडि एक उपवन छ । त्यसपछि राजगृह पुगिन्छ ।’
    बुद्ध भन्नुहुन्छ ः ‘तिमीले भनेको ठीकै होला तर जाने मान्छे त्यहाँ पुगिहाल्छ त ? कतै बाटो बिराएर अन्त पनि त जानसक्छ ।’ शिष्यले भन्छन् ः ‘त्यो त मेरो बाटो देखाउने काम हो, पुग्नु नपुग्नु त बटुवाको काम हो ।’ अनि बुद्ध उत्तर दिनुहुन्छ ः ‘म पनि केवल बाटो देखाउँछु । कोही शिष्य सत्यसम्म पुग्छन् कोही पुग्न सक्दैनन् । गुरुको काम बाटो देखाउने हो । पुग्नु, नपुग्नु शिष्यको बसको कुरा हो ।’
    यसबाट के पनि सिक्न सकिन्छ भने हामीले जहिले पनि अरुको सहयोग लिन सक्छौँ, तर जीवनको गनतब्य प्राप्त गर्न सधैँ अरुको सहारा लिनु उचित होइन । त्यसरी प्राप्त गनतब्यले मानिसलाई खुसी पनि दिन सक्दैन । त्यसैले आफ्नो दीयो आफै बन्नु पर्दछ । अरुको सहारामा यात्रा गर्ने बानी पर्याे भने एक्लै यात्रा गर्न कठिन हुन्छ र जब सहयोगीले बीच बाटोमै छोडिदिन्छ, अनि हामी अलमलमा पर्दछौं, बाटो विराउँछौँ । गनतब्य भेटाउन सक्दैनौँ । त्यसैले आफ्नो ज्योति आफै बन्नु पर्दछ ।
    आफूभित्रको दीप प्रज्वलित गर्नु महत्वपूर्ण कुरा हो । यस्तो कार्यले जीवनमा जतिसुकै प्रकाशमय साथ छुटे पनि जीवन अध्यारो बानाउँदैन । आफूभित्रको ज्योति बाल्नसक्ने मानिसले मात्र सत्यको पहिचन गर्न सक्छ । जस्तोसुकै आँधीबाट पनि आफूलाई सुरक्षित पार्न सक्छ । शान्त समुद्रजस्तै र अटल पहाडजस्तै बन्न सक्छ । त्यसैले जस्तोसुकै बाधा ब्यवधानबीच आफूभित्र उज्यालो व्याप्त छ भने ती बाधाव्यवधानहरुले कुनै असर गर्न सक्दैन ।
    ‘अप्प दीपो भव’ ले व्यक्तिहरूलाई उनीहरूको आध्यात्मिक यात्राको स्वामित्व लिन, व्यक्तिगत अनुभव र आत्मनिरीक्षणको माध्यमबाट सत्यको खोजी गर्न र आत्मज्ञान वा मुक्तितर्फ डो¥याउन आफ्नै भित्री प्रकाशको विकास गर्न सुझाव दिन्छ । व्यक्तिलाई उनीहरूको मार्ग उज्यालो पार्न र जीवनका चुनौतीहरूको सामना गर्न सजगता, आत्म–जागरूकता र समझको जगेर्ना गर्न प्रोत्साहित गर्दछ । यसले अरुमा भर पर्नु वा अरूबाट जवाफ खोज्नुको सट्टा आफ्नै भित्री प्रज्ञाको विकास गर्न प्रोत्साहन गर्दछ ।
    अहिलेको युगमा सामाजिक सञ्जाल लगायत ज्ञानका विविध एवम् अपार स्रोतहरु छन् । तर, ती सबै चिजहरुलाई सचेत भई आफ्नो अन्तर ज्योतिबाट दृष्टि लगाउन सक्नु पर्दछ । ज्ञानका ती विषयहरु, जो आफ्ना लागि उपयोगी छन्, तिनलाई सम्हाल्नु आवश्यक छ । तर, जुन कुराले मन र विचारलाई कलुशित पार्दछ, त्यसबाट सदैब टाढा हुनु पर्दछ । यही हो अप्प दीपो भवको मर्म । अन्तरमनको साक्षत्कार र सून्यताको बोध एवम् निर्वाणको यात्राका लागि आफ्नो दीयो आफै बन्नु आवश्यक छ । अरुको सहाराले गनतब्यसम्म पुर्याउँदैन बरु मानिसलाई अलमलमा पार्दछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.