logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    पाल्हीनन्दनका अध्यक्ष गुप्ताको पहलमा उजैनीदेखि पाल्ही मन्दिर हुँदै भारतीय सीमासम्म बन्ने भयो सडक


    २२ साउन २०८० , सोमबार

    पाल्हीनन्दनका अध्यक्ष गुप्ताको पहलमा उजैनीदेखि पाल्ही मन्दिर हुँदै भारतीय सीमासम्म बन्ने भयो सडक

    ज्ञानेश्वर सहानी
    नवलपरासी, २२ साउन ।


    पश्चिम नवलपरासीको बहुप्रतिक्षित उजैनीदेखि पाल्ही हुँदै चिमनटोल भारतीय सीमासम्मको सडक निर्माण हुने भएको छ । पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) ले पालिका सहित प्रदेश र संघीय सरकारसँग पहल गरी बजेट सुनिश्चित भएपछि उक्त सडक निर्माण हुने निश्चित भएको हो ।

    पाल्हीनन्दनको वडा नम्बर ४ र ५ मा पर्ने उक्त सात किलोमिटरको सडकको स्तरोन्नती हुन नसक्दा यहाँ आवतजावत गर्न अत्यन्तै कठिनाई भईरहेको थियो । पालिकाको बजेटले मात्र उक्त सडक निर्माण गर्न सम्भव नभएपछि गाउँपालिकाबाट प्रदेश र संघीय सरकारसँग माग गरिएको र चालु आर्थिक वर्ष ०८०।०८१ मा उक्त सडक निर्माणका लागि करिब रु तीन करोड बजेट सुनिश्चित भएको गाउँपालिका अध्यक्ष गुप्ताले जानकारी दिए ।

    उक्त सडक स्तरोन्नतिका लागि लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट १ करोड ३० लाख रुपैयाँ र संघीय सरकारबाट १ करोड ५० लाख बजेट विनियोजन भएर आएको अध्यक्ष गुप्ताले बताए ।गाउँपालिकालेसमेत उक्त सडक निर्माणका लागि यस वर्ष ५० लाख रुपैयाँ विनियोजन गरेको छ । संघ र प्रदेश सरकारसँग पालिकाले उक्त सडक निर्माणका लागि ३ करोड रुपैयाँ माग गरेको तर बजेट कम प्राप्त भएको जनाएका छन् । रामग्रामको उजैनीदेखि पाल्हीनन्दनको पाल्ही भगवती मन्दिर हुँदै भारतीय सीमासम्मको उक्त सडकमा नालासहितको कालोपत्रे गर्ने गरी निर्माण सुरु गरिने पालिका अध्यक्ष गुप्ताले बताए ।


    उक्त सडक खण्डमा विगतमा गरिएको पीच फुटेर खाल्डाखुल्डी भएकोले पैदलयात्रीदेखि सवारी साधन सम्ममा यात्रा गर्ने यात्रु र स्थानीयवासीले समेत सास्ती खेप्दै आएका छन् । गाउँपालिकाले सडक निर्माणका लागि गत आर्थिक वर्षमा सडक अतिक्रमण गरि बनाइएका घर तथा अन्य संरचनाहरु हटाएको थियो । समयमा बाटो निर्माण नहुँदा स्थानीयवासीले खेप्नुपरेको सास्तीलाई आफूले महशुस गरेरै पालिकादेखि संघीय सरकारसम्म पहल गरेकाे र अहिलेको आएको बजेटले सडक पूर्ण रुपमा निर्माण नहुने भएपनि क्रमशः पूरा गर्दै जाने गाउँपालिका अध्यक्ष गुप्ताले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.