logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    असहज महसुस भएमा सेवा लिन बसन्तपुर प्राथमिक स्थास्थ्य केन्द्रको अनुरोध


    २२ साउन २०८० , सोमबार

    असहज महसुस भएमा सेवा लिन बसन्तपुर प्राथमिक स्थास्थ्य केन्द्रको अनुरोध

    राकेश प्रजापति


    भैरहवा, २२ साउन ।

    रुपन्देहीको ओमसतिया गाउँपालिकामा रहेको बसन्तपुर प्राथमिक स्थास्थ्य केन्द्रमा दैनिक ५० भन्दा बढी बिरामीहरु चेकजाँच र औषधीका लागि आउने गर्छन् । बसन्तपुर प्राथमिक स्थास्थ्य केन्द्रले गर्भवतीका लागि विशेष सेवा सुविधा दिँदै आएको छ । यो स्वास्थ्य केन्द्रले गर्भवती महिलालाई हरेक ३ महिनामा फोलि एसिड निःशुल्क वितरण गर्दै आएको छ ।

    गर्भवती भएको थाहा पाएपश्चातको ३ महिनासम्म फोलिक एसिड र ३ महिनापछि आइरन चक्की र केल्सियम निःशुल्क वितरण गर्दै आएको छ । यसका साथै टिडि, टिडनसको पनि व्यवस्था रहेको छ । गर्भवती महिलाई विभिन्न किसिमका पोषण सामग्री वितरण गरिन्छ र सुत्केरी भए वापत १५ सय रुपैयाँ बराबरको पोषण सामग्री वितरण गरिने जनस्वास्थ्य निरीक्षक मुंगेरीलाल कोहाँरले बताएका छन् ।

    गर्भवती महिलाहरुका लागि विभिन्न सेवाहरु स्वास्थ्य केन्द्रले केही सेवाहरु गाउँगाउँमा पुगि दिँदै आएको जनस्वास्थ्य निरीक्षक कोहाँरले बताएका छन् । गर्भवती महिला सुत्केरी भएदेखि १५ महिनासम्म पोषण वितरणका साथै हरेक महिनामा तौल नापजाँच गर्ने जनस्वास्थ्य निरीक्षक कोहाँरले बताएका छन् ।

    यस स्वास्थ्य केन्द्रमा दैनिक ५० भन्दा बढी मानिसहरु चेकजाचका साथै औषधी उपचारका लागि आउने गरेको कोहाँरले बताएका छन् । यस केन्द्रले दीर्घ रोगीका साथै सामान्य बिरामीहरुलाईसमेत परीक्षण गरी औषधी वितरण निरन्तर गर्दै आएको जनस्वास्थ्य निरीक्षक कोहाँरले बताएका छन् । यस स्वास्थ्य केन्द्रले छ रोग, पुष्ट रोग, मलेरीया रोगका विरामीहरुलाई उचित किसिमको चेकजाँच गरि रायसुझाव समेत दिँदै आइरहेको जनस्वास्थ्य निरीक्षक कोहाँरले बताएका छन् । पोषण सेवा, मातृत्व सेवा सुरक्षा, परिवार नियोजन सेवा, गर्भपतन सेवा, ल्याब सेवाका साथै स्वास्थ्य बीमाको समेतको सुविधा रहेको बताएका छन् ।

    यो स्वास्थ्य केन्द्रले यस्ता रोग सबैलाई सहजीकरणका लागि घरघरमा समेत पुगी सेवा प्रवाह गर्दै आइरहेको बताएका छन् । स्वास्थ्य केन्द्रले नियमित रुपमा चेकजाँच र खोप लगाउने काम गरेको बताएका छन् । जनस्वास्थ्य निरीक्षक कोहाँरले भने –पछिल्लो समयमा आँखा पाक्ने रोग तीव्र गति लिएको देखिन्छ ।

    बसन्तपुर प्राथमिक स्थास्थ्य केन्द्रले आँखा पाक्ने रोगको चेकजाँच र औषधी वितरण गरेको छ । आँखा पाक्ने रोगको लक्षण देखिएका व्यक्तिहरु समयमा आएर औषधी उपचार सेवा लिन अनुरोध रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.