logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    सिद्धार्थनगर सिटी हस्पिटलमा न्यूरो सर्जरी सेवा सुरु


    २३ साउन २०८० , मंगलबार

    सिद्धार्थनगर सिटी हस्पिटलमा न्यूरो सर्जरी सेवा सुरु

    झब्बर यादव
    भैरहवा, २२ साउन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको भैरहवामा अवस्थित सिद्धार्थनगर सिटि हस्पिटलले नयाँ सेवा न्युरो सर्जरी सेवा सुरु गरेको छ ।
    यो हस्पिटलले लामो समयदेखि गुणस्तरीय सेवा दिदै आइरहेको छ । हाल हस्पिटलमा न्युरो सर्जरी सेवामा पनि संचालनमा ल्याएको छ । न्यूरो सर्जरी दुर्घटनामा परि हेड इन्जुरी भएका विरामीहरुलाई वरिष्ठ न्यूरो सर्जक डाक्टर नरेन्द्र प्रसाद बास्कोटा द्वारा गरिने हस्पिटल स्रोतले जनाएको छ ।
    न्यूरो सर्जरी दुर्घटना परी टाउकोमा चोट, टाउकोमा रगत जमेको व्यक्तिहरुलाई तत्कालै आवश्यक पर्दछ । समयमा गरिएन भने अत्यन्तै खतराको सृजना हुने सम्भावना हुन्छ साथै ज्यान समेत जाने सम्भावना हुन्छ ।
    यस हस्पिटलमा सुरु भएको नयाँ सेवा न्यूरो सर्जरी टाउको चोटपटक देखि ट्युमर ब्रेन, ट्युमर मेरुदण्ड, ट्युमर मस्तिष्क, घात रगतको नशा फुटेको वा नशामा रगत जमेको, टाउको दुखी रहने जस्ता मष्तिष्क समस्या भएका विरामीहरुलाई अत्यन्तै गुणस्तरीय सेवा सफता पूर्वक पुरा गर्ने हस्पिटल स्रोतले जनाएके छ ।
    यस हस्पिटलले मस्तिष्क रोगका साथै शारीरिक रुपमा देखिए विभिन्न समस्याहरुलाई न्यूरो सर्जरी मार्फत पूर्ण रुपमा निको पार्नेका हस्पिटलले स्रोतले जनाएको छ । प्यारालाइसिस भएका अथवा प्यारालाइसिसका लक्षणहरु देखिएका बिरामी जस्तै अकस्मात आँखा, कांन कमजोर, बोली लरबराउने, मुख बाङ्गिने जस्ता न्युरो सर्जरी उपचार सेवा सुरु भएको छ ।
    उक्त सर्जरी सेवा नेपालका वरिष्ठ न्युरो सर्जन डाक्टर नरेन्द्र प्रसाद बास्कोटा द्वारा उपचार सेवा दिइने २१ गते सिद्धार्थनगर सिटी हस्पिटलले पत्रकार सम्मेलनमा गराई जानकारी गराएको हो ।
    भैरहवा लगायत छिमेकी जिल्ला बासिको लागि खुसीको कुरा जुन न्युरो सर्जरी सेवा काठमाडाँै तथा भारतमा धाउन परिरहेको थियो । त्यही उपचार सेवा त्यहाँको भन्दा भैरहवा सिद्धार्थनगर सिटि हस्पिटलले गुणस्तरीय सेवा दिने जानकारी दिएको छ ।
    यहाँ दीइने गुणस्तरीय सेवाले समय र पैसाको बचत हुने हुदाँ बिरामी लगायत बिरामीको आफन्तजन र कुरुवालाई पनि सहयोग हस्पिटलले जनाएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.